दमौली, माघ ७
नेपाल निजामती कर्मचारी संगठन म्याग्दे गाउँपालिकाको अध्यक्षमा शम्भु पौडेल चयन भएका छन् । संगठनको हालै सम्पन्न प्रथम भेला तथा अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा साधना रानाभाट, सचिवमा रमिन घिमिरे, सहसचिवमा साजन घिमिरे, कोषाध्यक्षमा निखिल खड्का तथा सदस्यहरुमा आस्था आचार्य, सचिता पौडेल, मनकुमारी शाही, विज्ञान पौडेल र निरबहादुर थापा चयन भएका छन् । सो अधिवेशनको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।
यसैगरि नेपाल निजामति कर्मचारी संगठन शुक्लागण्डकी नगरपालिकाको पालिका कमिटीको प्रथम अधिबेशनबाट कोपिला पौडेल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छिन् । हालै सम्पन्न अधिवेशनले १३ सदस्यीय नगर कार्य समिति निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा शिवराज अधिकारी, सचिबमा रामचन्द्र सुवेदी, सह–सचिबमा जीवन पौडेल र कोषाध्यक्षमा सुशील ढकाल चयन भएका छन् ।
यसैगरि सदस्यमाहरुमा उत्तम थापा, शिव राज ढकाल, तुलशी कुमारी शर्मा भुसाल, धनमाया धिमाल, किसान परियार, कल्पना पौडेल, कोसिस पोख्रेल र कुलराज मल्ल रहेका छन् । साथै शुक्लागण्डकी नगरपालिकाको प्रतिनिधित्व गर्दै जिल्ला कार्यसमिति सदस्यमा पुष्पराज गिरि सर्वसम्बत निर्वचित भएका छन् । अधिबेशनमा नेकपा एमाले तनहूँका उप–सचिव तथा शुक्लागण्डकी नगरपालिकाका स्थानीय सभा दलका नेता खिम बहादुर कुमालको विशेष उपस्थिति रहेको थियो ।