देवघाटका युवा तथा रोजगारदातालाई सिप परिक्षण बारे अभिमुखीकरण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, माघ ७

देवघाट गाउँपालिकाका युवा तथा रोजगारदाताहरुलाई सिप परिक्षण बारे एक दिने अभिमुखिकरण कार्यक्रम सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । सामाजिक विकास तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले देवघाट गाउँपालिकासँग समन्वय गरि गाउँपालिकाका युवा तथा रोजगारदाताहरुको लागि उक्त कार्यक्रम आयोजना गरेको थियो ।

५६ जना श्रमिकहरु सहभागी रहेको उक्त सिटिइभिटि गण्डकी प्रदेशका उपनिर्देशक जीवन भण्डारी र सिटिइभिटि गण्डकी प्रदेशका चन्द्रप्रसाद तिमसिनाले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाटको युवाहरुमा दक्ष जनशक्ति भएता पनि त्यसको प्रमाणपत्र नभएको हुँदा बाहिरबाट युवाहरु ल्याउन पर्ने बाध्यता रहेको बताए । देवघाट गाउँपालिकाले ४ सय भन्दा बढि युवाहरुलाई सिपमुलक तालिम दिए पनि व्यवहारमा भने एकजनाले पनि लागू नगरेको थापाले बताए । देवघाटमा धेरै अबसरहरु छन् ती अबसरहरुलाइ पहिचान गर्न नसकेर युवाहरु राजनिती दलका झोले भई हिडेको अध्यक्ष थापाले आरोप लगाए ।

देवघाटको पहाडी जङ्गलको भेगतिर विभिन्न किसिमको प्रजातीहरु निउरो, अमला, कफी जस्ता चिजहरु बजारमा ल्याइ बेचे पनि आम्दानी हुने अध्यक्ष थापाले बताए । देवघाटमा तामाखानी, मौलाकालिका हाइड्रोपावर जस्ता उद्योगहरु सञ्चालनमा आएको छ, जसमा देवघाटको जनताहरु हातमा सीप भएता पनि प्रमाण पत्र नभएको कारण यी कामबाट बञ्चित भइ बाहिर बाट ल्याउन पर्ने बाध्यता नहोस भन्नका निमित्त यस कार्यक्रम सन्चालन गरिएको अध्यक्ष थापाले बताए ।

युवाहरुमा भएको सिप परिक्षण गरि सम्पूर्णमा सिपको प्रमाण पत्र लिन थापाले आग्रह गरे । सो सिप परिक्षण कार्यक्रममा पेन्टर, फर्निचर, पलम्बर, घर बनाउने मिस्त्रीहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको