दमौली, माघ ८
व्यास नपा–३ परासर टोलमा रहेको व्यास वचत तथा ऋण सहकारी संस्थाको १८ औं स्थापना दिवसको अवसरमा मंगलबार सहकारीको सभाहलमा व्यास नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
‘आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारीको भुमिका’ विषयमा आयोजित उक्त प्रतियोगितामा व्यास नगरपालिका भित्रका ११ विद्यालयका १२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा गोरखकालि सेकेन्डरी स्कुल व्यास ३ की जेसिका पाण्डे प्रथम, शिव मावि व्यास १० की प्रविना ढुङ्गाना द्वित्तिय र ब्लुमिङ एकेडेमी व्यास ११ की कृपा विश्वकर्मा तृतिय भएकी थिइन् ।
व्यास वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदिपराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यास नगरपालिकाका शिक्षा शाखाका प्रमुख केदार प्रसाद आचार्य, सहकारीका पुर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, सहकारीका सल्लाहाकार हरिसिंह गुरुङ, लेखा समितिका संयोजक राजेश्वर हड्खले, निर्णायक मन्डलका सदस्य तथा आदिकवि भानुभक्त क्याम्पसका सह प्राध्यपाक डा.शुशिल प्रसाद वाग्ले लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन सहकारीका सन्चालक सदस्य प्रकाशचन्द्र भट्टराईले र स्वागत कोषाध्यक्ष एकराम श्रेष्ठले गरेका थिए ।