माघ १६ गते चौथो व्यास नगर खुल्ला महिला हाफ म्याराथन हुने

Devghat Online

शेयर गरौ

दमौली, माघ ८

तनहुँको व्यास नगरपालिकालेसहिद दिवसको अवसरमा माघ १६ गते चौथो व्यास नगर खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

हरेक बर्ष सहिद दिवसको अवसरमा व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको नगरपालिकाले यस बर्ष खुल्ला महिला हाफ म्याराथन गर्ने भएको हो । व्यास नगरपालिका वडा नम्बर ३ स्थित प्रसिद्ध धार्मिक स्थल व्यास गुफाबाट व्यास नपा–११ स्थित ऐतिहासिक तनहुँसुर दरवारसम्म २१ किलोमिटर खुल्ला महिला हाफ म्याराथन आयोजना गरिएको हो ।

बिगतका बर्षमा नगरपालिकाले सहिद दिवसको अवसरमा मानुङकोटदेखि सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर अल्ट्रा म्याराथन र अन्तर्राष्ट्रिय नारी दिवसका दिन महिला खुल्ला हाफ म्याराथन आयोजना गर्दै आएको भएपनि यस बर्षबाट एक एक बर्ष आलोपालो गरि म्याराथन आयोजना गर्ने योजना गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने ‘यसरी आयोजना गर्दा महिला र पुरुष दुबै धावकको सम्मान हुने र नगरपालिकालाई पर्न आर्थिक भार पनि कम हुने त्यसैले एक–एक बर्ष आलोपालो गर्ने योजना बनाएका हौं ।’
पुलिमराङ जस्तै तनहुँसुर पनि सहिदहरुले उत्तिकै योगदान रहेको ठाउँ भएकाले दुबै ठाउँलाई बराबर महत्व दिन पनि सहिद दिवसकै दिन कार्यक्रम आयोजना गरिएको न्यौपानेको भनाइ छ ।

महिलाहरुको क्षमतालाई सम्मान गर्दै बिगत तीन बर्षदेखि महिला हाफ म्याराथन आयोजना गर्न थालिएको उपप्रमुख एवम् म्याराथन आयोजक समितिका संयोजक इन्दिरा दरैले बताइन् । साथै महर्षी वेदव्यास, ऐतिहासीक तनहुँसुर दरवार, पर्यटकीय क्षेत्र मानुङकोट र सहिद गाउँ पुलिमराङको महत्वलाई एक साथ प्रचारप्रसार गर्न म्याराथनलाई निरन्तरता दिइदै आएको उनको भनाइ छ । महिलाहरुलाई सम्मान गर्दै पर्यटन प्रवर्दनमा टेवा पु¥याउने उदेश्यले खुल्ला हाफ म्याराथन आयोजना गरेको उपप्रमुख इन्दिरा दरैले बताइन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ८१ , द्वित्तिय हुनेलाई ३१ हजार ८१ तृतीय हुनेलाई २१ हजार ८१ र सान्त्वना हुने ५ जनालाई जनहि ११ हजार ८१ पुरस्कार प्रदान गरिने शिक्षा तथा खेलकुद शाखा प्रमुख केदार आचार्यले जानकारी दिए ।

व्यास गुफा देखी सुरु हुने दौड अनसनचौतारी, जिल्ला प्रहरी कार्यालय पछाडिबाट न्युरोड, भेटघाट चोक हुदै गणेशमान चोक, सत्यबती मावि, मालपोत लाइन, सफासडक हुदै पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरै पँधेरा, पराजुलीचोक, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, पत्यारथोक, गंगलथोक, चण्डीथान हटिया–धान गोदाम हुदै व्यास–११ स्थित ऐतिहासीक तनहुँसुर दरवारमा गई टुङ्गिनेछ ।

अघिल्लो बर्ष जिल्ला भित्रका धावकहरुलाई मात्र सहभागी गराउदा ६० जनाको सहभागीता रहेकोमा यस पटक राष्ट्रिय स्तरीय खुल्ला प्रतियोगिता भएकाले ७० जना भन्दा बढीको सहभागिताको अपेक्षा गरीएको शिक्षा तथा खेलकुद शाखाका नविन पराजुलीले जानकारि दिए । प्रतियोगितामा सहभागी हुन इच्छूक धावकले माघ १४ गते कार्यालय समयभित्र नाम दर्ता गराउन सक्ने बताइएको छ । नाम दर्ता नगरपालिकाको कार्यालयमा उपस्थित भएर तथा कार्यालयको इमेलबाट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक