तनहुँमा दुई चरणमा किशोरीहरुलाई एचपिभी खोप लगाइने

Devghat Online

शेयर गरौ

दमौली, माघ ८

तनहुँ जिल्लामा दुई चरणमा किशोरीहरुलाई एचपिभि खोप लगाइने भएको छ । तनहुँमा पहिलो चरणमा माघ २२ गतेदेखी व्यास नपा, भानु नपा, देवघाट, आबुँखैरेनी र बन्दिपुर गाउँपालिकाका ४४ वटा वडा र दोश्रो चरण माघ २७ गतेदेखी ३० गतेसम्म शुक्लागन्डकी नपा, भिमाद नपा, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाका ४१ वटा वडाका कक्षा ६ देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने तथा विद्यालय नजाने १० देखी १४ वर्ष उमेर सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने एचपिभी खोप लगाईने भएको छ ।

उक्त खोप कार्यक्रमकोलागि तनहुँमा २५९ वटा आधारभुत र माध्यमिक विद्यालयलाई खोप केन्द्र तय गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले बताए । उक्त कार्यकोलागि तनहुँ जिल्ला भर २५९ जना स्वास्थ्यकर्मी र ५१८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् । उक्त अभियानमा तनहुँका १४ हजार २७८ जना उक्त उमेर समुहका किशोरीहरुलाई एचपिभि खोप दिइने लक्ष्य रहेको अधिकारीले जानकारी दिए ।

कार्यालयका अनुसार तनहुँमा विद्यालय जाने १० देखी १४ वर्ष उमेर सम्मका किशोरीको संख्या १४ हजार ७८ र विद्यालय नजाने उक्त उमेर समुहका किशोरीको संख्या २ सय रहेको छ । तनहुँमा विद्यालय जाने उक्त उमेर समुहका किशोरीको संख्या सबैभन्दा धेरै व्यास नपामा ३८४५ रहेको छ भने सबैभन्दा कम घिरिङ गाउँपालिकामा ५८० जना रहेका छन् । त्यसैगरि विद्यालय नजाने १० देखी १४ वर्षसम्मका किशोरीको संख्या सबैभन्दा धेरै शुक्लागन्डकी नगरपालिकामा ११५ जना रहेका छन् । त्यसपछि बन्दिपुर गाउँपालिकामा ३६ जना रहेका छन् । विद्यालय नजाने उक्त उमेर समुहका किशोरीहरु भानु नगरपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकामा शुन्य रहेको छ ।

नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये १ हजार ३१३ जनाको उक्त रोगको कारण मृत्यु हुने गर्छ । हरेक दिन ४ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेपछि सरकारले १० देखी १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हो ।

उक्त खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला स्तरीय खोप समन्वय समितिका पदाधिकारी र सन्चारकर्मीहरुको लागि मंगलबार अभिमुखीकरण बैठक आयोजना गरियो । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको उक्त बैठकमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख शंकरवावु अधिकारी तथा दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बरालले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन सरकारले एचपिभि खोपको नीति ल्याएको हुँदा सबैले उक्त खोप अभियानलाई प्रभावकारी रुपमा सन्चालन गर्न सहयोग गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई