घिरिङका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण

Devghat Online

शेयर गरौ

दमौली,माघ ९

गैर सरकारी संस्था महासंघ जिल्ला शाखा तनहुँको आयोजनामा घिरिङ गाउँपालिकाका जनप्रतिनिधिहरुकोलागि जलवायु उत्थानशील कार्य सुदृढिकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बुधबार गाउँपालिकाको सभाकक्षमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न गाउँपालिकाले जलवायुमैत्री विकास निर्माण र संरचनाहरु निर्माण गर्ने बताए । मानव जिवनको रक्षाकोलागि जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्नुपर्ने भन्दै अध्यक्ष थापाले यसका असरलाई न्युनिकरणकालागि जलवायुमैत्री कानुन र संरचना बनाउनु पर्ने बताए । उनले जलवायु परिवर्तनको विषय अहिले विश्वव्यापी रुपमा र सबैभन्दा बढि चासो र छलफलको विषय भएको बताए ।

उक्त कार्यक्रममा नगरपालिकाका गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरुले जलवायु परिवर्तनले समुदायमा परेको असरहरुको बारेमा धारणा राखेका थिए ।

उक्त कार्यक्रममा गैसस महासंघ तनहुँकी सचिव सरिता भण्डारीले जलवायु उत्थानशील विकासको बारेमा सहजिकरण प्रस्तुत गरेकी थिइन् । उक्त अवसरमा जलवायु परिवर्तनको कारण, जलवायु परिवर्तनले पारेको असर र प्रभाव तथा जलवायु अनुकुलताको उत्थानशील अभ्यासहरुको बारेमा छलफल भएको थियो । सो कार्यक्रमको सन्चालन गैसस महासंघ तनहुँका सहसचिव ऋषिकान्त दुवाडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य