परमानन्द सरस्वती महाराजको २८ औं पुुण्यतिथी मनाईयो

Devghat Online

शेयर गरौ

देवाट, माघ ९

देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुलका संस्थापक राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित श्री १००८ स्वामी परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथि विभिन्न कार्यक्रमका मनाइएको छ ।

आश्रमका संस्थापक परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिका अवसरमा हरिहर सन्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुल विद्यापिठमा गत आइतबारबाट विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम अन्तर्गत अन्तिम दिन बुधबार आश्रम परिसरमा रहेको ब्रह्मलिन स्वामीजीको समाधि मन्दिरमा रुद्राभिषेक तथा आरती कार्यक्रम तथा सन्त समागम, गुरु भन्डारा तथा समिक्षा कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस्तै गरि माघ ८ गते मंगलबार प्रातकालमा स्वामी विमलानन्द सरस्वतीको अध्यक्षतामा प्रा.डा.भागवत ढकालको प्रमुख आतिथ्यतामा पुरस्कार एवं सम्मान तथा छात्र प्रतिभा प्रर्दशन कार्यक्रम आयोजना गरिएको थियो । त्यस्तै सोही दिन साँझ परमानन्द काब्य सरिता कार्यक्रम आयोजना गरिएको थियो । उक्त काव्य सरिताको १६ औं सृङखला अन्तर्गत परमानन्द छात्र कल्याण परिषदको आयोजनामा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको अध्यक्षता तथा साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यतामा गुरुकुलको सभाकक्षमा गुरुकुलमा साधनारत कविहरुका कवितासँगै आगन्तुक सर्जकहरुका रचना वाचन गरिएको थियो भने साहित्यकार गोविन्द नेपाल खतिवडाद्वारा लिखित तथा विपिन ढकालद्वारा निर्देशित नाटक ‘बाबुरामको घन्टी’ गुरुकुल भवनमा मन्चन गरिएको थियो ।

श्री १००८ स्वामी परमानन्द सरस्वती महाराजले वि.सं २०२८ सालमा त्रिशूली गंगा र शालिग्राम गर्भा श्रीकृष्णगण्डकीको संगम स्थल, हरिहरक्षेत्र, आदिप्रयाग देवघाटधाममा परमानन्द संस्कृत गुरुकुलको स्थापना गरेका थिए । वि.सं २०५३ साल माघ १८ गते परमानन्द सरस्वती महाराज ब्रह्मलिन भएका थिए । त्यसयता हरिहर सन्यास आश्रम र परमानन्द संस्कृत गुरुकुल विद्यापिठ उनका उत्तराधिकारी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको नेतृत्वमा सन्चालन भईरहेको छ । हरिहर संन्यास आश्रम देवघाटधाम अन्तर्गत हाल करिब २ दर्जन गुरूकुलहरु सञ्चालित छन् । जसको नेतृत्व परमानन्द संस्कृत गुरूकुलम्, देवघाटधामले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक