विष्णु मगर । देवघाट, माघ ९
देवघाट गाउँपालिका–५ का बगन्दीगाउँका ६८ बर्षीय सोम बहादुर गुरुङको मंगलबार करेन्ट लागि मृत्युु भएको छ । बिजुलीको पोलको सर्पाेटको लागि टाँगिएको तारमा विद्युत सट भई करेन्ट प्रवाह हुँदा गोठालो गएका गुरुङको मृत्यु भएको देवघाट गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङले जानकारी दिइन् ।
उक्त घटनामा गुरुङको घटनास्थलमै मृत्यु भएको वडा सदस्य गुरुङले जानकारी दिइन् । उक्त घटना नेपाल विद्युत प्राधिकरणको लापरवाहीको कारण भएको हुँदा प्राधिकरणले मृतक परिवारलाई क्षतीपुर्ती स्वरुप पाँच लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको र किरिया खर्च वापत २५ हजार रुपैयाँ दिएको वडा सदस्य गुरुङले जानकारी दिइन् ।