दमौली, माघ २९
नेकपा एमालेले सन्चालन गरेको संगठन विस्तार र सवलिकरणका लागि तिन महिने अभियान वडा तहमा सन्चालन भईरहेको छ । एमाले तनहुँको गत माघ १८ गते बसेको जिल्ला कमिटिको बैठकको निर्णय र तालिका अनुसार संगठन विस्तार र सवलिकरणका लागि उक्त तिन महिने अभियान अहिले वडा तहमा सन्चालन भईरहेको छ ।
अभियान अनुसार एमालेले माघ १८ गते जिल्ला कमिटिको बैठक, माघ २२ गते १० वटै पालिकाको बैठक तथा माघ २५ सबै जनवर्गीय संगठन र जनसंगठन संयन्त्रको बैठक आयोजना गरिसकेको छ । भने जिल्लाका सबै ८५ वटै वडा कमिटीको बैठक, पालिका पदाधिकारी, जनवर्गीय संगठनका अध्यक्ष, सचिव र विभागिय इन्चार्जहरुको बैठक पनि आयोजना गरिसकेको छ । उक्त अभियानमा एमालेका नेताहरु सबै वडामा पुगेर पहिलो चरणको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको एमाले तनहुँका सचिव प्रदिपराज अधिकारीले बताए ।
यस्तै अभियान अन्तर्गत आगामी फागुन १ गतेदेखि १५ गतेसम्म सबै पार्टी सदस्यहरुसँग नेताहरुको घरदैलो कार्यक्रम हुने भएको छ । सो क्रममा पार्टी सदस्यको अवस्था बुझ्ने, गुनासोहरु सुन्ने, सदस्यता नविकरण अभियान सन्चालन गर्ने, पार्टी सदस्यका परिवारका सदस्यसँग राजनैतिक छलफल र अन्तरक्रिया गर्ने, पार्टी सदस्यका परिवारमा सदस्यता विस्तार पार्टी सदस्यता, जनवर्गीय सदस्यता दिने कार्यक्रम हुने सचिव अधिकारीले बताए । सोही अवधिमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणकोलागि प्रत्येक सदस्यसँग न्युनतम एक सय रुपैयाँ उठाउने, सदस्यको अनलाईन इन्ट्रिको लागि सदस्यको नागरिकताको फोटोकपी र सम्पर्क नम्बर संकलन गर्ने, पार्टी सदस्यताको अवस्थाको प्रतिवेदन तयार गर्ने कार्यक्रम पनि रहेको छ ।
उक्त अभियानमा सम्बन्धित भुगोल कार्यक्षेत्र रहेका जिल्ला कमिटीका सदस्य, जनवर्गीय संगठनका जिल्ला सदस्य, नगर कमिटीका सदस्य, वडा कमिटीका सदस्य, सम्बन्धीत पालिकामा रहेका केन्द्र, प्रदेशका नेता र जनवर्गीय संगठनका केन्द्र, प्रदेशका सदस्यलाई हिडाइने छ । अभियानको क्रममा फागुन १७ गते व्यास नपा, देवघाट, बन्दिपुर र रिसिङ गाउँ कमिटिको समिक्षा बैठक तथा फाल्गुन १८ गते शुक्लागन्डकी, म्याग्दे, भानु आँबुखैरेनी, घिरिङ र भिमाद कमिटिको समिक्षा बैठक हुने भएको छ । फागुन २१ गते सुखानीका सहिदहरुको स्मरणमा अन्तक्रिया कार्यक्रम आयोजना गर्ने, फागुन २४ गते संघीय निर्वाचन क्षेत्रगत रुपमा पार्टी सदस्यको भेला डुम्रे र शुक्लागन्डकीमा आयोजन गर्ने तथा चैत २ गते पालिकागत रुपमा पार्टी सदस्यता भेला सम्बन्धित पालिकामा गर्ने कार्यक्रम रहेको छ ।
यस्तै चैत ५ गते स्ववियु निर्वाचनको तयारी बैठक गर्ने, चैत ९ गते जनप्रतिनिधि र पालिका कमिटीको संयुक्त बैठक आयोजना गर्ने, चैत १५ र १६ गते दमौलीमा जिल्ला पदाधिकारी र कार्यपालिका तहसम्मका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको छ । चैत २३ गतेसम्म पालिका कमिटी, वडा पदाधिकारी, वडा इन्चार्ज, जनवर्गीय संगठनका नेताहरु समेतको बैठकबाट पालिका कार्यकताहरुको अन्तर विरोध र समस्याको पहलकदमी जिल्लावाट गरी सक्ने, वैशाख ५ सम्म सबै टोल कमिटी गठन गर्ने र अभियानको अन्तिम दिन २०८२ बैशाख ९ गते दमौलीमा पाँच हजार कार्यकर्ताको सहभागितामा ३ महिने अभियान समापन कार्यकम गर्ने एमाले तनहुँका सचिव प्रदिपराज अधिकारीले जानकारी दिए ।
अभियानले एमालेको संगठन वडा र टोल स्तरसम्म बलियो बन्ने र मिसन ०८४ मा एमालेलाई बलियो राष्ट्रिय शक्ति बन्न सहयोग गर्ने नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेलले बताए । अध्यक्ष कडेलले उक्त वडा केन्द्रित अभियानमा परिचालन हुन सम्पुर्ण पार्टि पंक्तिलाई आह्वान गरेका छन् ।