दमौली, माघ २९
राप्रपा श्रद्धेय अध्यक्ष राजेन्द्र लिङ्देन भोली बुधबार दमौली आउने भएका छन् । राप्रपा तनहुँद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष लिङदेन दमौली आउन लागेका हुन् । अध्यक्ष लिङदेनसँग वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष हेमजङ्ग गुरुङ लगायतका केन्द्रीय नेताहरु प्नि दमौली आउने भएका छन् ।
पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट पश्चात राप्रपाका नेताहरु तनहुँको प्रसिद्ध मन्दिर छाब्दी बाराही देवीको दर्शन र मन्दिर परिसरमा हुने पूजामा सरिक हुने राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तीले जानकारी दिए ।