१० बर्षीय बालकलाई यातना दिने भिमादकी शिक्षिका प्रहरी नियन्त्रणमा

Devghat Online

शेयर गरौ

दमौली, माघ ३०

भिमाद नपा–६ भिमाद बजार स्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत १० बर्षीय बालक प्रमिस परियारलाई यातना दिने सोही विद्यालयकी शिक्षिका ३४ बर्षिया सुष्मा श्रेष्ठलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त विद्यालयमा लेखापालको रुपमा कार्यरत श्रेष्ठले मंगलबार कक्षा ४ का विद्यार्थीलाई पढाउने क्रममा हल्ला गरेको भन्दै १० बर्षीय बालक प्रमिसलाई पनियो तताएर गालामा डामेकी थिइन् ।

शिक्षिका श्रेष्ठले आफ्नो बाबुलाई तातो पनियोले गालामा डामेको बालककी आमा विष्णु परियारले बताउनु भयो । आरोपित शिक्षिकालाई कारवाहीको माग गर्दै पीडित बालकका हजुरवुवाले बुधबार बिहान इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएको र त्यसपश्चात आरोपित शिक्षिकालाई अनुसन्धानकोलागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी बिरेन्द्रबहादुर शाहीले बताए । उक्त घटनाको थप अनुसन्धान गरि कारवाही गरिने एसपी शाहीले बताए ।

पीडित बालकको भिमादकै एक नीजि अस्पतालमा उपचार गरिएको आमा विष्णुले बताइन् । बालकको गालामा पनियोको डाम बसेको छ । विद्यालयका सन्चालक एवं आरोपित लेखापालका बुवा कृष्णदेव श्रेष्ठले पढाउने क्रममा बच्चाहरुले हल्ला गरेको हुँदा सामान्य रुपमा सम्झाउने क्रममा उक्त घटना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय