माघको अन्तिम दिन देवघाटमा भक्तजनको घुइँचो

Devghat Online

शेयर गरौ

देवघाट, माघ ३०

माघ महिनाको अन्तिम दिन बुधबार पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । माघ शुक्ल पुर्णिमा, मकर स्नानको अन्तिम दिन तथा श्रीस्वस्थानी ब्रतकथाको समाप्तिको दिन भएकोले उल्लेख्य भक्तजनहरु देवघाटमा स्नान गर्न आएका छन् ।

देवघाटमा बिहानैदेखी भक्तजनको भिड लागेको थियो । सवारी साधनको भिड बढेपछि चितवनबाट देवघाट जाने चार पाङग्रे देखी माथिका सवारी साधनलाई रामनगर हुँदै जाने र आपँटारी हुँदै फर्कने व्यवस्था मिलाईएको थियो भने मोटरसाईल र अटोलाई आँपटारी हुदै देवघाट जान सकिने व्यवस्था मिलाईएको थियो ।

त्यसैगरि इश्वरकृष्ण महाराजको संकल्पमा गत माघ १ गतेदेखी देवघाटमा जारी देवघाट महा–महोत्सव तथा देवघाट दिव्यधाम शिलान्यास कार्यक्रमको आज समापन कार्यक्रम भएको कारण पनि सो महोत्सवमा सहभागी हुन टाढा टाढाबाट भक्तजन देवघाट आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो