न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन दिन देवघाटको आह्वान

Devghat Online

शेयर गरौ

देवघाट, माघ ३०

देवघाट गाउँपालिकाले न्युनतम रोगजारीमा संलग्न हुनकोलागि गाउँपालिकामा निबेदन दिन बेरोजगार नागरिकहरुलाई अनुरोध गरेको छ । गाउँपालिकाले बुधबार सुचना प्रकाशन गरि १८ देखि ५९ बर्ष उमेरका बेरोजगार व्यक्तिहरुले २०८१ फागुन मसान्त भित्रमा आफुले स्थायी बसोबास गरेको वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनुहुन अनुरोध गरेको हो ।

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ (दोस्रो संसोधन, २०७७ सहित) को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ (दोस्रो संसोधन, २०७८ सहित), को दफा १८ बमोजिम आगामी आ.व. २०८२÷०८३ को लागि देवघाट गाउँपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने एक सय दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सामुदायिक तथा अन्य विकास निर्माणका काममा योगदान गर्न ईच्छुक १८ देखि ५९ बर्ष उमेरका बेरोजगार व्यक्तिहरुले २०८१ फागुन मसान्त भित्रमा आफुले स्थायी बसोबास गरेको वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनुहुन प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुद्वारा प्रकाशित उक्त सुचनामा जनाएको छ ।

निवेदन दिनका एक आर्थिक बर्षमा न्यूनतम एक सय दिन रोजगारीमा संलग्न नभएका, नेपाल सरकारले तोकेको न्यूनतम बार्षिक आय भन्दा कम आम्दानी रहेका, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा संलग्न भई काम गर्न ईच्छुक परिवारका व्यक्तिहरु हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल