न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन दिन देवघाटको आह्वान

Devghat Online

शेयर गरौ

देवघाट, माघ ३०

देवघाट गाउँपालिकाले न्युनतम रोगजारीमा संलग्न हुनकोलागि गाउँपालिकामा निबेदन दिन बेरोजगार नागरिकहरुलाई अनुरोध गरेको छ । गाउँपालिकाले बुधबार सुचना प्रकाशन गरि १८ देखि ५९ बर्ष उमेरका बेरोजगार व्यक्तिहरुले २०८१ फागुन मसान्त भित्रमा आफुले स्थायी बसोबास गरेको वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनुहुन अनुरोध गरेको हो ।

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ (दोस्रो संसोधन, २०७७ सहित) को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ (दोस्रो संसोधन, २०७८ सहित), को दफा १८ बमोजिम आगामी आ.व. २०८२÷०८३ को लागि देवघाट गाउँपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने एक सय दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सामुदायिक तथा अन्य विकास निर्माणका काममा योगदान गर्न ईच्छुक १८ देखि ५९ बर्ष उमेरका बेरोजगार व्यक्तिहरुले २०८१ फागुन मसान्त भित्रमा आफुले स्थायी बसोबास गरेको वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनुहुन प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुद्वारा प्रकाशित उक्त सुचनामा जनाएको छ ।

निवेदन दिनका एक आर्थिक बर्षमा न्यूनतम एक सय दिन रोजगारीमा संलग्न नभएका, नेपाल सरकारले तोकेको न्यूनतम बार्षिक आय भन्दा कम आम्दानी रहेका, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा संलग्न भई काम गर्न ईच्छुक परिवारका व्यक्तिहरु हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान