बन्दीपुर, माघ ३०
बन्दीपुर गाउँपालिका कृषि विकास शाखाको आयोजनामा बेमौसमी तरकारी खेती माघ २८ र २९ गते सम्पन्न भएको छ ।
तालिममा गाउँपालिकाका ६ वटै वडाका कृषकहरू सक्रिय रूपमा सहभागी भएका थिए । गाउँपालिकाले सम्पूर्ण सहभागी कृषकहरूलाई धन्यवाद व्यक्त गरेको छ । तालिममा कृषि ज्ञान केन्द्र तनहुँका बागवानी विकास अधिकृत प्रमोद गैह्रेले सहजीकरण गरेका थिए ।
कृषकहरूको कृषि उत्पादन वृद्धि र व्यावसायिकरणका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । उनले भने, ‘गाउँपालिकाले आगामी दिनमा पनि कृषि क्षेत्रको प्रवद्र्धनका लागि यस्ता उपयोगी तालिमहरू सञ्चालन गरिनेछ ।’