गाउँपालिकाका अध्यक्षद्वारा पुर्व सांसदका छोरालाई कुटपिट गरेको आरोप

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १३

तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आफुलाई कुटपिट गरेको भिमाद नपा–६ मालेबगरका ५७ बर्षिय प्रभात आलेले आरोप लगाएका छन् । कुटाइ खाने आले २०१५ सालका सांसद पदमबहादुर आलेका छोरा हुन् । कुट्ने गाउँपालिका अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापति समेत हुन् ।

भीमाद नगरपालिका–६ मालेबगर पूरानो स्कुल घर भएका आलेलाई गाउँपालिका अध्यक्ष श्रेष्ठले गत फागुन ७ गते आफ्नै घरमा कुटपिट गरेको आरोप पीडितले लगाएका छन् । एक साता अघिको घटना भएपनि प्रहरीले जाहेरी लिन नमानेपछि पीडितले मंगलबार घटनाबारे सार्वजनिक गरेका हुन् ।

जग्गाको विषयमा भएको विवादले गाउँपालिका अध्यक्षले आफूमाथि कुटपिट गरेको पीडित आलेले बताए । पीडितका अनुसार भाई विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए । ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति थियो । सहमति कार्यन्वयन नभएपछि विवाद सुरु भएको हो ।

विवाद टुंग्याउन खोज्दा आफूमाथि कुटपिट भएको आलेले आरोप लगाए । ‘मैले उहाँलाई फोनमार्फत लौ यो विषय टुंग्याउँ भन्दा उहाँले घर आइज न त भनेर भनेपछि मेरो उहाँसँग एक मिनेटमात्रै कुरा भयो, तुरुन्त घर गएँ’, प्रभातले भन्नुभयो, ‘उहाँको श्रीमतिले ढोका खोल्नुभयो । झड्याम झड्याम देब्रोपट्टि फिलामा पिभिसी पाइपले कुटपिट गर्नुभयो ।’ ‘यो नियोजित पहिल्यै तयारी गरेर पिभिसीको ठूलो पाइपले हाने । मैंले दुई तीन चोटी छेकें । उहाँले दुई हातले हानेर कानको जालीमा हानेर कान पनि सुन्दिन ।’ प्रभातले फागुन १३ गते मंगलबार बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गराएको बताए ।

आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । फागुन ७ गते बेलुका ८ बजेर ५५ मिनेटको समय आसपासमा प्रभात आफैंले फोन गरेको श्रेष्ठले बताए । ‘घरमै आएर तिमलाई ठीक गर्छु । तिमीसँग मेरा वार की पार हुन्छ भन्यो, त्यसो भए आउन त भनेँ, उनले भने । ढोका खोल्दिएपछि आफुलाई टाउकोमा हानेको श्रेष्ठले बताए ।

आरोपित श्रेष्ठलाई कारवाहीको लागि जाहेरी दिन फागुन १३ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा आएपनि प्रहरीले जाहेरी नलिएको आलेले बताए । मुद्वा फाँटले उपचार गराएर आउन आग्रह गर्दै जोहरी नलिएको उनले बताए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले ठाडो निवेदन परेको बताए । जाहेरीका सम्बन्धनमा अनुसन्धान गरेर लिने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विरेन्द्रबहादुर शाहीले कुटपिटको घटनामा जसले पनि जाहेरी दिनेवित्तिकै नलिइने बताए । ‘कुटपिटको विषयमा घाउ जाँच हुन्छ, घटनाको विषय लिएर बुझ्ने हो । घाउ जाँच गरेर प्रहरीले बुझ्ने काम गरिरहेको छ’, एसपी शाहीले भने । त्यसपछि प्रक्रिया सुरु हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक