मानवअधिकार एलायन्स तनहुँको अध्यक्षमा श्रेष्ठ

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १३

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मन्च (मानवअधिकार एलायन्स) तनहुँ जिल्ला कमिटिको अध्यक्षमा कविराज श्रेष्ठ चयन भएका छन् । मंगलबार दमौलीमा सम्पन्न एलायन्सको जिल्ला भेलाले श्रेष्ठको अध्यक्षतामा जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ ।

कमिटिको उपाध्यक्षमा इश्वरी भण्डारी, सचिवमा हरिश्चन्द्र कार्की, कोषाध्यक्ष तुलसी गान्धारी तथा सदस्यहरुमा नवराज श्रेष्ठ र थानेश्वर लम्साल चयन भएका छन् । यस्तै केन्द्रीय प्रतिनिधिहरुमा प्रकाशचन्द्र भट्टराई, सरस्वती सिग्देल, कविराज श्रेष्ठ, नवराज श्रेष्ठ र तुलसी गान्धारी चयन भएका छन् ।

उक्त जिल्ला भेलाको मानवअधिकार एलायन्सका केन्द्रीय सचिव तथा गन्डकी प्रदेशका इन्चार्ज रामचन्द्र शर्मा पौडेलले उद्घाटन गरेका थिए । उक्त भेलामा प्रमुख अतिथी पौडेल, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेंल, मानवअधिकार एलायन्सका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज अनन्त श्रेष्ठ, एमाले जिल्ला कमिटिका उपसचिव खिम कुमाल, मानवअधिकार एलायन्स तनहुँका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन कविराज श्रेष्ठ र स्वागत सरस्वती पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय