एमालेका जनसंगठन संरचनामा कटौती गर्ने निर्णय, पदाधिकारी ९ जनाभित्र सीमित गर्ने

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन १८

नेकपा एमालेले आफ्ना जनवर्गीय संगठनहरूका केन्द्रीय समिति र पदाधिकारीहरूको छरितो संरचना बनाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको आइतबारको बैठकले जनसंगठनका केन्द्रीय कमिटीको आकार तोकेको हो ।

महासचिव शंकर पोखरेलका अनुसार जनसंगठनमा केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीको अभ्यास भइरहेकोमा अब स्थायी कमिटीको संरचना नराख्ने निर्णय भएको छ ।

सम्बन्धित संगठनले आफ्ना विधानको माध्यमबाट सो संरचना परिवर्तन गर्ने महासचिव पोखरेलले बताए । एमाले सचिव पद्मा अर्यालका अनुसार ठूला जनसंगठनको केन्द्रीय कमिटी १५० सदस्यीय र सानाको ९९ रहने र सबै संगठनका पदाधिकारी ९ जनामा सीमित गरिने भएको छ ।

सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सोमबार बिहान जनसंगठन संयन्त्रको बैठक बोलाइएको छ । एमालेले चैत महिनाभित्र सबै जनसंगठनलाई चैत मसान्तसम्म अधिवेशन सक्न समय सीमा दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक