एमालेका जनसंगठन संरचनामा कटौती गर्ने निर्णय, पदाधिकारी ९ जनाभित्र सीमित गर्ने

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन १८

नेकपा एमालेले आफ्ना जनवर्गीय संगठनहरूका केन्द्रीय समिति र पदाधिकारीहरूको छरितो संरचना बनाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको आइतबारको बैठकले जनसंगठनका केन्द्रीय कमिटीको आकार तोकेको हो ।

महासचिव शंकर पोखरेलका अनुसार जनसंगठनमा केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीको अभ्यास भइरहेकोमा अब स्थायी कमिटीको संरचना नराख्ने निर्णय भएको छ ।

सम्बन्धित संगठनले आफ्ना विधानको माध्यमबाट सो संरचना परिवर्तन गर्ने महासचिव पोखरेलले बताए । एमाले सचिव पद्मा अर्यालका अनुसार ठूला जनसंगठनको केन्द्रीय कमिटी १५० सदस्यीय र सानाको ९९ रहने र सबै संगठनका पदाधिकारी ९ जनामा सीमित गरिने भएको छ ।

सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सोमबार बिहान जनसंगठन संयन्त्रको बैठक बोलाइएको छ । एमालेले चैत महिनाभित्र सबै जनसंगठनलाई चैत मसान्तसम्म अधिवेशन सक्न समय सीमा दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले