तनहुँ । फागुन १९
आँबुखैरेनी गाउँपालिका र नेलम्बो नेपालको साझेदारीमा वडा नम्बर ६ स्थित प्यूघर सामुदायिक स्वास्थ्य चौकीमा आइतबारदेखि निःशुल्क दन्त शिविर सुरु भएको छ ।
आगामी फागुन २२ गतेसम्म सन्चालन हुने उक्त निःशुल्क दन्त शिविरको गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरे । यस शिविरमा वडा नम्बर ५ र ६ का विशेष गरि दक्षिण भेगका स्थानीय बासिन्दाले सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ ।
शिविरमा दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, र दाँतको जरा देखि उपचार जस्ता स्वास्थ्य सेवा रहेका छन् । गरीब र विपन्न वर्गका स्थानीय बासिन्दालाई दन्त स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले ५ दिने निः शुल्क दन्त शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सेवा सुधारको लागी यस्ता आयोजनाहरू निरन्तर सञ्चालन गर्दै आएको अध्यक्ष चुमानले बताए ।