दोश्रो म्याग्दे अध्यक्षकपः फाइनलमा म्याग्दे र दोर्दी गाउँपालिका भिड्ने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २०

म्याग्दे गाउँपालिकाद्वारा आयोजित ‘दोश्रो म्याग्दे अध्यक्ष कप–२०८१’ प्रदेश स्तरीय फुटवल प्रतियोगिताको फाइनलमा आयोजक म्याग्दे गाउँपालिका र लमजुङको दोर्दी गाउँपालिका भिड्ने भएका छन् ।

मंगलबार सम्पन्न सेमीफाइनलमा आयोजक म्याग्देले शुक्लागन्डकी नगरपालिकालाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो भने दोर्दीले बन्दीपुर गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गरेको म्याग्दे गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख विष्णु खत्रीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत बुधबार दिउँसो १२ बजे म्याग्दे र दोर्दी गाउँपालिका विच फाइनल खेल हुने खत्रीले जानकारी दिए ।

‘म्याग्देको पर्यटन विकासका लागि खेलकुँद’ भन्ने मुल नाराका साथ वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगिताको प्रथम पुरस्कारको राशी ३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै द्वितीय पुरस्कार १ लाख ५० हजार तथा बिजेता र उपबिजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । साथै सेमिफाइनल पुग्ने २ टिमलाई १५÷१५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

त्यस्तै उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । उक्त प्रतियोगितामा ११ वटा स्थानीय तहको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको