देवघाटमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २४

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (अन्तराष्ट्रिय नारी दिवस) शनिबार देवघाट गाउँपालिकामा विभिन्न कार्यक्रम गरि मनाईएको छ । नेपालमा यस वर्ष ‘सबै महिला तथा बालबालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मुल नाराका साथ यो दिवस मनाइएको थियो ।

यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउन थालिएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आह्वानमा संघीय सरकारका सबै निकाय, ७ वटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवं वडाहरु र नागरिक समाज लगायत सरोकारवालाले विभिन्न कार्यक्रम गरि यो दिवस मनाएका छन् ।

दिवसको अवसरमा देवघाट गाउँपालिकामा र्याली र सभाको आयोजना गरिएको थियो । देवघाट गाउँपालिकाको आयोजना र देवघाट महिला सन्जालको संयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । र्यालीपछि कोणसभा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ, देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, अनेमसंघ देवघाटकी अध्यक्ष सावित्री न्यौपाने  लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो