प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित ३ व्यक्ती पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २५

प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित तनहुँमा ३ जना व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष २२ को मदन गुरुङ, सोहीे बर्ष २१ को प्रज्वल गुरुङ र कास्की पोखरा महानगरपालिका वडा नं. ४ घर भएका बर्ष २३ को अनमोल रिमाल रहेका छन् ।

गत फागुन २३ गते शुक्रबार आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ शंकास्पद अवस्थामा पैदल आउदै गरेका गुरुङद्वयको साथबाट पोलिथिनले पोको पारी लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित लागु औषध ट्रमाटोल २२९ क्याप्सुल फेला पारी निजहरूलाई नियन्त्रणमा लिईएको तथा आइतबार बिहान आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा.५ ख.६९६ बसलाई रोकी चेक जाँच गर्ने क्रममा सो बसमा सवार रहेका जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ४ घर भएका बर्ष २३ को अनमोल रिमालको झोला भित्र कपडाले लपेटी लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित लागु औषध ट्रमाडोल ५०० क्यापसुल फेला पारी नियन्त्रणमा लिईएएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरु तिनै जनालाई तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमिति लिई थप अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरिक्षक राजु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको