प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित ३ व्यक्ती पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २५

प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित तनहुँमा ३ जना व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष २२ को मदन गुरुङ, सोहीे बर्ष २१ को प्रज्वल गुरुङ र कास्की पोखरा महानगरपालिका वडा नं. ४ घर भएका बर्ष २३ को अनमोल रिमाल रहेका छन् ।

गत फागुन २३ गते शुक्रबार आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ शंकास्पद अवस्थामा पैदल आउदै गरेका गुरुङद्वयको साथबाट पोलिथिनले पोको पारी लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित लागु औषध ट्रमाटोल २२९ क्याप्सुल फेला पारी निजहरूलाई नियन्त्रणमा लिईएको तथा आइतबार बिहान आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा.५ ख.६९६ बसलाई रोकी चेक जाँच गर्ने क्रममा सो बसमा सवार रहेका जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ४ घर भएका बर्ष २३ को अनमोल रिमालको झोला भित्र कपडाले लपेटी लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित लागु औषध ट्रमाडोल ५०० क्यापसुल फेला पारी नियन्त्रणमा लिईएएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरु तिनै जनालाई तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमिति लिई थप अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरिक्षक राजु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान