एसइई परिक्षाः देवघाटका सबै विद्यालयको परिक्षा केन्द्र महेश संस्कृत गुरुकुल विद्यापिठमा

Devghat Online

शेयर गरौ

देवघाट । फागुन २६

आगामी चैत ७ गतेबाट हुने २०८१ सालको एसइई परिक्षामा देवघाट गाउँपालिका अन्तर्गतका सबै विद्यालयको परिक्षा केन्द्र महेश संस्कृत गुरुकुल विद्यापिठमा रहने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई तनहुँले हालै निर्धारण गरेको एसइईको परिक्षा केन्द्र अनुसार आबुँखैरेनी गाउँपालिकाको १ सहित देवघाटका १२ वटा विद्यालयको परिक्षा केन्द्र महेश सस्कृत गुरुकुलमा तोएिको छ । देवघाटका १२ विद्यालय मध्ये ४ वटा गुरुकुल रहेका छन् । देवघाटमा एसइईमा भाग लिने संस्थागत विद्यालय भने छैनन् ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहुँका अनुुसार देवघाटको भृकुटी मावि सराङघाटमा नियमित २९ र ग्रेडबृद्धि गरि २१ गरि ५० जना, आर्दश शिक्षा मावि बैदी खाल्टेमा नियमित २२ र ग्रेडबृद्धि गरि १० गरि ३२ जना, कालिका मावि देवघाटमा नियमित २५ र ग्रेडबृद्धि १ गरि २६ जना, पार्वती मावि कोटामा नियमित २७ र ग्रेड बृद्धि ४ गरि ३१ जना, बालकेश मावि छिपछिपेमा नियमित २१ र ग्रेड बृछि ९ गरि ३० जना, सिद्ध माहाकाली मावि देवघाटमा नियमित १३ र ग्रेडबृद्धि ३ गरि १६ जना, बज्रयोगिनी मावि देवघाटमा नियमित २६ र ग्रेडबृद्धि १० गरि ३६ जना र राष्ट्रिय मावि काफलडाँडामा नियमित १० जना रहेका छन् । त्यस्तै लक्ष्मी मावि प्युघर आबुँखैरेनीमा नियमित २२ र ग्रेडबृद्धि १२ गरि ३४ जना एसइई परिक्षामा सहभागी हुने भएका छन् । उक्त विद्यालय मध्ये राष्ट्रिय मावि काफलडाँडा पहिलो पटक एसइई परिक्षामा सहभागी हुन लागेको हो ।

त्यस्तै गुरुकुल तर्फ महेश संस्कृत गुरुकुल गुरुकुलका १०, बेदबेदाङ्ग संस्कृत गुरुकुलका १५, परमानन्द सस्कृत गुरुकुलका २२ र माँ कल्याणी बैदिक कन्या गुरुकुलका ८ जना परिक्षार्थीले यस वर्ष देवघाटको परिक्षा केन्द्र महेश संस्कृत गुरुकुल विद्यापिठबाट एसइई परिक्षामा सहभागी हुने भएका छन् । माँ कल्याणी बैदिक कन्या गुरुकुल यस वर्ष पहिलो पटक एसइई परिक्षामा सहभागी हुन लागेको हो ।

देवघाटमा यस वर्ष नियमित तर्फ २४९ र ग्रेडबृद्धि तर्फ ७२ गरि कुल ३२१ जना जना परिक्षार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको