देवघाटमा क्याम्पस सन्चालन हुने निश्चित, आर्थिक संकलनको लागि उपसमितिहरु गठन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत २९

देवघाटमा आगामी शैक्षिक सत्रबाट स्नातक तहको क्याम्पस सन्चालन हुने निश्चित भएको छ । देवघाटमा विविएस तहको क्याम्पस सन्चालनकोलागि इष्न्टिच्युट अफ म्यानेजमेन्ट एन्ड सोसल साईन्स प्रा.लि.सँग प्रस्तावित देवघाट कलेजसँग पहिलो चरणमा सम्झौता भईसकेको छ ।

क्याम्पस सन्चालनकोलागि आर्थिक तथा पुर्वाधार व्यवस्थापनकोलागि छलफल गर्न शुक्रबार सरोकारवालाहरुको बृहत छलफल आयोजना गरियो । उक्त छलफलमा क्याम्पस सन्चालनकोलागि गठित सम्भाव्यता अध्ययन समितिका संयोजक डा.सुरेन्द्रप्रसाद श्रेष्ठले आगामी शैक्षिक सत्रबाट देवघाटमा स्नातक तहको विविएस क्याम्पस सन्चालन हुने निश्चित भईसककेो बताए । उनले क्याम्पस सन्चालनकोलागि कानुनी तथा प्राविधिक विषयहरु टुंगो लागिसकेपनि आर्थिक व्यवस्थापन भने नभईसकेको बताए ।

अध्यक्ष डा.श्रेष्ठले देवघाटमा क्याम्पस सन्चालन भएपछि आयश्रोत कम भएका विद्यार्थीहरुले न्युन शुल्कमा अध्ययन गर्न पाउने बताए । उनले देवघाटमा क्याम्पस आबश्यक रहेको तर क्याम्पस सन्चालनकोलागि आर्थिक श्रोतको अभाव रहेको बताए । क्याम्पस सन्चालनकोलागि अन्य क्षेत्रका बासिन्दाले सहयोग र सद्भाव दिएपनि देवघाटकै बासिन्दाले भने विरोध गरेको अध्यक्ष श्रेष्ठले गुनासो गरे । उनले जसले जति अवरोध र विरोध गरेपनि आगामी शैक्षिक सत्रबाट जसरी पनि देवघाटमा क्याम्पस सन्चालन गरेरै छाड्ने बताए । कलेज सन्चालनकोलागि पहिलो चरणमा ३४ लाख रुपैयाँ बुझाउनुपर्नेमा १ लाख रुपैयाँ बैना स्वरुप दिईसकिएको अध्यक्ष श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा क्याम्पस सन्चालनको लागि सम्भाव्यता अध्ययन समितिका सदस्य तथा कालिका मावि देवघाटका प्रअ शरदचन्द्र खनालले क्याम्पस सन्चालनकोलागि हालसम्म भएका प्रगतिहरुको प्रतिवेदन पेश गरेको थिए । उनले क्याम्पस सन्चालनको सबै प्रक्रिया पुरा भएको बताए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले देवघाटमा कलेज खोल्नको लागि गाउँपालिका, आफ्नो पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने बताए । कलेज खोल्नको लागि देवघाट क्षेत्रका सबै संघ संस्थाबाट सहयोग गरि आर्थिक संङकलन गर्नुपर्ने उपाध्यक्ष गुरुङले बताए । धार्मिक विषयमा लाखौं करोडौं पैसा उठाउन सकिन्छ तर विद्यार्थी शिक्षित बनाउनको लागि पैसा सङ्कलन गर्न नसक्नु दुर्भाग्य भएको उनले बताए । कलेज खोल्नको लागि सबै एक जुट भइ अगाडि बढ्न उनले सबैलाइ आग्रह गरे । साथै स्थानिय सरकारबाट के कस्तो सहयोग गर्न पर्ने हो यसलाइ सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिराज गुरुङ र वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङले क्याम्पस सन्चालनकोलागि गाउँपालिका र वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले राजनीतिक स्वार्थ भन्दा माथि उठेर शिक्षाको मन्दिरको रुमपा क्याम्पस सन्चालन गनुपर्ने बताए ।

नेपाली काँग्रेस देवघाट गाउँकमिटिका सचिव भरत आचार्यले कलेज खोल्ने विषय उदाहरणीय रहेको र यस कार्यलाई आफ्नो व्यक्तिगत र पार्टीबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेकपा एमाले देवघाट गाउँ कमिटिका सचिव शान श्रेष्ठले सहि व्यक्ति सहि ठाउँमा र सहि समयमा पुग्दा समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुरा डा.सुरेन्द्रप्रसाद श्रेष्ठ कालिका माविको अध्यक्ष भएर आउँदा छर्लङ्ग भएको बताए । आज भन्दा १५ वर्ष अगाडि किन कलेज खोल्ने कुरा अगाडि बढ्न नसकेको भन्दा डा.श्रेष्ठ जस्तो व्यक्ति नहुँदा खोल्न नसकेको भएको र आज कलेज खोल्ने विषय आउदा सबैले साथ दिनु पर्ने एमालेका सचिव श्रेष्ठले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति गोविन्द प्रसाद न्यौपानेले कलेज स्थापनाको लागि आर्थिक पाटोको विषयलाइ के कसरी जाने र सबैले एक मन गरि सहयोग गरि अगाडि बढ्नुपर्ने बताए । यस ठाउँको बिकासको लागि सबै जना एकता भएर अगाडि बढ्नुपर्ने र यस कार्यमा आफ्नो पार्टीको तर्फबाट सबै सहयोग हुने न्यौपानेले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष दिवाकर मिश्रले कलेज सन्चालन गर्ने प्रक्रियामा आफ्नो पार्टीको तर्फबाट सबै खाले सहयोग हुने बताए ।

समाजसेबी कुलचन्द्र न्यौपानेले आर्थिक समस्या रहेको कलेज खोलेपछि ४ वर्ष टिकाउन सकियो भने कलेज चल्ने न्यौपानेले बताए । कलेज सन्चालनको लागि आवश्यक रहेको र चुनौती पनि रहेको न्यौपानेले बताए ।

देवघाट सार्वजनिक पुस्ताकलयका अध्यक्ष शिवराज पौडेलले शिक्षाको विषयमा छलफल हुनु र शिक्षाको विषयमा चिन्तन आबश्यक रहेको बताए । देवघाट शैक्षिक, सामाजिक आर्थिक दृष्टिकोणले पछि परेको ठाउँ रहेको र यस ठाउँमा उच्च शिक्षाको लागि क्याम्पस सन्चालन गर्न खोज्नु सकरात्मक रहेको पौडेलले बताए । ‘जो सँग जस्तो ज्ञान छ, जस्तो क्षमता छ उसले त्यहि गर्ने हो, जो रहला नरहला तर इतिहासमा नाम रहने र मुल्यांकन अबस्य हुनेछ’ पौडेलले भने ‘कस्को पालामा कसले कति गर्याे भन्ने कुरा अबस्य मुल्यांकन हुन्छ ।’

अनेमसंघ देवघाटकी अध्यक्ष सावित्री न्यौपानेले देवघाटमा निम्न आय भएका विद्यार्थीहरुले यही ठाउँमा उच्च शिक्षा हासिल गर्न पाउने राम्रो पक्ष रहेको हुँदा सबैले क्याम्पस सन्चालनको लागि सहयोग गनुपर्ने बताईन् ।

सम्भाव्यता अध्ययन समितिका सदस्य केशवचन्द्र न्यौपानेले कलेज खोल्ने कुरा आबश्यक नभएको भए किन सम्भाव्यता समिति बनाई यतिको प्रक्रिया किन अगाडि बढाउन पहल गरियो, आज देवघाटमा कलेज खोल्ने विषय कुनै राजनिति स्वार्थ नभएको बताए । आज कलेज खोल्ने विषय देवघाटको अति आबश्यक हुँदा पनि देवघाटका केही व्यक्तिले विरोध गर्नु दुखद भएको उनले बताए । अन्य स्थानीय तहमा कलेज खोलिएको छ र चलेको पनि छ, मानिसहरु अन्तरिक्षमा पुगी सके अनि यो देवघाट बासीले कलेज खोल्ने विषयमा किन सोच फराकिलो गर्दैन भन्दै न्यौपानेले प्रश्न गरे ।

मधुवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम गिरीले देवघाटमा क्याम्पस अति आबश्यक रहेको भन्दै क्याम्पस खोल्ने विषयमा सबैले साथ र सहयोग दिनु पर्ने बताए । उनले मधुवन वन समुहबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कालिका मावि व्यवस्थापन समितिका पुर्व अध्यक्ष बावुराम पौडेलले हिजो कलेज खोल्नको लागि सबै पार्टीको मान्छेहरुले समर्थन जनाएको भन्दै आज कसैले क्याम्पस सन्चालन गर्ने विषयमा विरोध गर्छ भने त्यसले पार्टी छाड्न सक्नुपर्ने बताए । क्याम्पस जस्तो पवित्र क्षेत्रमा राजनीतिक विषय लिएर देवघाटका विद्यार्थीहरुलाई उच्च शिक्षाबाट वञ्चित गर्न नपाइने उनले बताए ।

उक्त कार्यक्रममा क्याम्पस सन्चालनकोलागि विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि ३ वटा आर्थिक संकलन समिति गठन गरिएको छ । जस् अनुसार डिल्लीराम गिरीको संयोजकत्वमा सदस्य सुकु गुरुङ, हरिराम काप्री र सावित्री न्यौपाने, त्यस्तै बाबुराम पौडेलको संयोजकत्वमा सदस्य अमर फेवाली, हरिबहादुर कुँवर र एलिजा अधिकारी (क्षेत्री) र भानुभक्त न्यौपानेको संयोजकत्वमा सदस्य यालबहादुर गुरुङ, हेमन्त पौडेल, दुर्गलाल गुरुङ रहेका छन् ।

सम्भाव्यता समितिका सयोंजक डा.सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन कालिका माविका प्रअ शरदचन्द्र खनालले गरेका थिए भने स्वागत मन्तव्य सम्भाव्यता समितिका सदस्य सोमनाथ ढकालले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको