देवघाटमा क्याम्पस सन्चालनबारेः

Devghat Online

शेयर गरौ

               प्रकाशचन्द्र भट्टराई


  देवघाटलाई केही वर्ष यता पत्रकारिताको थलो बनाएको र यहाँबाट सन्चालित दुईवटा सन्चार माध्यम (देवघाट अनलाइन डटकम र देवघाट सन्देश साप्ताहिक) को सन्चालन तहमा रहेको कारण देवघाटको राजनीति, विकास निर्माण, आर्थिक तथा शैक्षिक गतिविधिहरुलाई पनि नजिकबाट हेर्ने र चिन्ने अवसर प्राप्त भएको छ । त्यहाँका केही शिक्षाबिद्, समाजसेवी, युवा तथा केही जनप्रतिनिधिहरुको धारणा समेत बुझिसकेपछि प्रस्तावित देवघाट कलेजको बारेमा आफ्नो केही व्यक्तिगत धारणा राख्न मन लाग्यो ।
देवघाट शैक्षिक हवको रुपमा रहेको चितवनको भरतपुरसँग जोडिएको गाउँपालिका हो । देवघाटको मुख्य प्रशासनिक केन्द्र भरतपुरबाट ७/८ किलोमिटरको दुरीमा मात्र पर्छ । अर्थात भरतपपुर महानगरका धेरै वडाहरु भन्दा देवघाटको मुख्य थलो चाँडै पुगिन्छ । भरतपुर नजिकै

भएको कारण पनि हालसम्म देवघाटमा क्याम्पसको आवश्यकता महशुस भएन होला । देवघाटमा हालसम्म स्नातक तहको क्याम्पस नहुँदा समुदाय स्तरबाट क्याम्पस सन्चालनको लागि एक सम्भाव्यता अध्ययन समिति गठन गरि विभिन्न चरणको अध्ययन पश्चात यहि शैक्षिक सत्रबाट विविएस तहको क्याम्पस सन्चालन गर्ने एक प्रकारको निर्णय भईसकेको छ । क्याम्पस सन्चालनकोलागि नीजि तहको इष्न्टिच्युट अफ म्यानेजमेन्ट एन्ड सोसल साईन्स प्रा.लि.सँग प्रस्तावित देवघाट कलेजको पहिलो चरणमा सम्झौता समेत भईसकेको छ । यसले अव पक्कै पनि देवघाटमा विविएस पढाउने क्याम्पस सन्चालन हुने निश्चित त छ नै । यो पक्कै पनि देवघाटबासीलाई खुसीको कुरा हो ।
तर खुसीसँगै चुनौतीहरु पनि प्रसस्त छन् । नीजि तहको इन्स्टिच्युटसँग सम्झौता भएपछि पक्कै पनि क्याम्पस सन्चालन गर्न पहिलो चरण मै महंगो पर्ने देखियो । त्यसमाथी वर्षाैसम्म क्याम्पस टिकाउने, त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई तलब भत्ता दिने अर्काे मुख्य चुनौती हो । सन्चालनको बेलामा देवघाटका सामुदायिक वनहरुसँग कम्तीमा ५० हजार सहयोग माग्ने निर्णय भएको छ, सामुदायिक वनहरुले पनि वर्षै पिच्छे सहयोग दिन सक्लान् वा नसक्लान् । त्यसमाथी देवघाटमा रहेका सामुदायिक तर्फका विद्यालयहरु मध्ये कालिका माविले मात्र कक्षा १२ सम्म पढाउँछ । उक्त विद्यालयमा हाल १२ कक्षा अध्ययन गर्ने विद्यार्थीको नियमित संख्या ४१ भन्दा बढि छैन । ति ४१ जना विद्यार्थीहरु सबै देवघाट कलेजमा स्नातक पढ्छन् भन्ने ग्यारेन्टि छैन । कक्षा १२ उत्तिर्ण गरेपछि अधिकांश विद्यार्थी प्राविधिक शिक्षामा जोड दिईरहेका छन् । उनीहरु सुचना प्रविधि, चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन लगायत यस्तै विषय तर्फ नै बढि आकर्षित भईरहेका छन् । ति सबै शिक्षाहरु नजिकैको भरतपुरमा प्रसस्त पाईन्छ । भरतपुरका कलेजहरुले देवघाटधामका विद्यार्थीको घर÷घरमा पुगेर बसबाट विद्यार्थी लाने ल्याउने गर्दै आएका छन् । ति सबै सुविधा पाईसकेपछि देवघाटको विविएस क्याम्पसमा त्यही ठाउँका विद्यार्थी पढ्ने ग्यारेन्टि कसले गर्छ ? अझ कक्षा १२ पास भईसकेपछि धेरै जसो विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न बिदेश जाने प्रबृत्ती बढ्दो छ । त्यसमाथी कक्षा १२ मा कमर्स भन्दा अरु विषय लिएर पढेको विद्यार्थीलाई क्याम्पसमा विविएस पढ्न विषय पक्कै पनि मिल्दैन । अनि भोली विद्यार्थी नै भएनन् भने कसरी क्याम्पस दिगो हुनसक्ला ? जिल्लाका अन्य पालिकामा सन्चालित सामुदायिक क्याम्पसहरु सन्चालनको अवस्था अध्ययन भयो की भएन ?
देवघाटमा क्याम्पस सन्चालन भईसकेपछि देवघाटको पाँच नम्बर बाहेकका अन्य वडाका विद्यार्थीहरु पनि आउँछन् र विद्यार्थीको अभाव हुदैन भन्ने कर्त पनि कतै कतै सुनिन्छ । यो तर्कलाई बुझ्नु अघि भने देवघाटको भौगोलिक अवस्थाको अध्ययन गर्नुपर्छ । वडा नम्बर १ का विद्यार्थीले हालसम्म कच्ची सडकको रुपमा रहेको शालिग्राम करिडोर हुँदै देवघाट आउनुभन्दा कालिगन्डकी करिडोरको ढोडेनी निस्किएर गैंडाकोट वा भरतपुर आउन सजिलो मान्छन् । वडा नम्बर २ र ३ का विद्यार्थीहरु देवघाट आउनुभन्दा जिल्ला सदरमुकाम दमौली जान सजिलो मान्छन् । वडा नम्बर ४ का विद्यार्थीहरु गाइघाटमा ओर्लिएर दासढुङ्गाबाट देवघाट छिर्नुभन्दा सिधै भरतपुर जान सजिलो मान्छन् । आफ्नै ठाउँमा पढ्ने भनेको त निशुल्क पाए मात्रै पढ्ने धेरै हुन्छन् । त्यसमाथी वडा नम्बर ५ बाहेकका विद्यार्थीले विहानै घरबाट हिडेर क्याम्पस आउन जान सम्भव हुदैन । उनीहरु डेरामा बस्नुपर्ने हुन्छ । डेरामा बस्नुपरेपछि पढाई बाहेक अन्य समयमा केही विकल्प नभएको देवघाटमा बस्नुभन्दा दिउँसो रोजगारीको विकल्प हुने भरतपुर नै रोज्छन् । स्नातक तहका विद्यार्थीहरु पढाईसँगै रोजगारीमै बढि केन्द्रित हुन्छन् । त्यसकारण देवघाटमा क्याम्पस सन्चालन गर्नु अघि यी सबै विषयमा अध्ययन पक्कै पनि गरियो होला !
मेरो विचारमा सम्भाव्यता अध्ययन समितिले क्याम्पस सन्चालन गर्न नीजि तहको इन्स्टिच्युटसँग सम्झौता गर्नु भन्दा पहिला उक्त सम्भाव्यता प्रतिबेदनलाई गाउँपालिकामा वा बृहत सरोकारवालाहरुको भेलामा पेश गरेर उचित निर्णय गर्ने जिम्मेबारी उनीहरुलाई नै सुम्पिनुपथ्र्यो, त्यो काम भयो की भएन ? आर्थिक श्रोतको जोहो यस अवधिमै गरिनुपथ्र्यो । तर अहिले उक्त इन्स्टिच्युटलाई केही रकम समेत बुझाईसकेपछि क्याम्पस सन्चालनकोलागि आर्थिक श्रोत जुटाउन हिड्दा समस्या नै पर्छ । यो पनि पक्कै समाधान होस् । अपेक्षा गरे अनुसार सामुदायिक वनहरुबाट पनि सहयोग उपलब्ध होस् ।
देवघाटमा क्याम्पस सन्चालनको सबै निर्णय भईसकेको छ, अव पक्कै पनि क्याम्पस सन्चालन हुने नै छ, त्यसकोलागि शुभकामना छ । दिगोरुपमा सामुदायिक क्याम्पस सन्चालन गर्नेबारेमा समुदाय नै अलि बढि चासो र जिम्मेबार बन्नुपर्छ । त्यसकोलागि देवघाटको समुदाय पक्कै पनि जिम्मेबार बन्ने नै छ । क्याम्पस सन्चालनकोलागि सबैको सहयोग प्राप्त होस्, शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि