गण्डकी कोटिहोम देवी प्रतिभाको स्वागत, अनुराधा पाण्डेयको बिदाई

Devghat Online

शेयर गरौ

पोखरा । बैशाख ६

पोखरा । बैशाख ५ पोखरा महानगरपालिका–१७ स्थित विरौटामा हाल सञ्चालनमा रहेको ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञ धार्मिक मात्र होइन, सामाजिक, सांस्कृतिक र जनस्तरसम्मको सहभागिताको महाउत्सव बनेको छ । महायज्ञको एक विशेष दिनमा तीनवटा महत्वपूर्ण शुभकार्य सम्पन्न हुनुका साथै, कार्यक्रममा जनप्रतिनिधिहरू र विशिष्ट व्यक्तित्वहरूको झुल्का र सहभागिताले महायज्ञलाई अझै उल्लासमय बनेको छ ।

महायज्ञको प्रारम्भिक तयारीस्वरूप केही महिना अगाडि पोखरा–६ लेकसाइडमा भूमिपूजन गरिएको भए पनि विविध कारणले महायज्ञको स्थान परिवर्तन गर्दै पोखरा–१७ को विरौटा क्षेत्रमा स्थानान्तरण गरिएको हो । नयाँ स्थानमा समारोहको विधिपूर्वक पुनः शुभारम्भ गर्दै बाराहीघाटमा क्षमापूजन गरिएको थियो ।

कोटीहोम महायज्ञमा शुक्रबारबाट देबी प्रतिभाको आगमन भएको छ । भारतबाट २५ जना आफ्ना सहयोगी सहित आएकी उनलाई महायज्ञको आयोजकले शुक्रबार बिहान पोखरा विमानस्थलमा स्वागत गरेको थियो । महायज्ञमा अवका दिनमा देवी प्रतिभाले केही प्रवचन दिने कार्यक्रम रहेको छ ।

कोटीहोममा अनुराधा पाण्डेयले गत चैत २९ गतेबाट भागवत कथा प्रबचन चैत्र २९ बाट दिन समेत सुरु गरेकी थिइन् । अनुराधालाई विहिबार बिदाई गरियो । महायज्ञमा अवका दिनमा देवी प्रतिभा सहित, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् ।

कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा कोटीहोम हुनेछ ।

महायज्ञ कार्यक्रमलाई भव्य बनाउने तयारी तीव्र गतिमा चलिरहेको छ । यज्ञका दिनहरूमा विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिनेछन्–जसमा कथा वाचन, भजन, प्रवचन, यज्ञ, सत्सङ्ग, सत्कार्य र सेवा केन्द्रित रहेका छन् ।

गण्डकी कोटिहोम महायज्ञले केवल स्थानीय जनताको धार्मिक विश्वाससँग मात्र सम्बन्ध नराखी, यो कार्यक्रम क्षेत्रीय धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ । पोखरा आफैँ पर्यटकीय राजधानीका रूपमा चिनिन्छ, र यस्ता धार्मिक अनुष्ठानहरू पर्यटकहरूलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण आधार बन्न सक्छन् ।

महायज्ञका अवसरमा विभिन्न स्थानबाट आएका साधु–सन्त, ब्राह्मण, धर्मगुरु, भक्तजन तथा अध्यात्मिक प्रेमीहरूको उपस्थिति अझ उल्लेखनीय रहेको छ । दिनहुँ विशेष अनुष्ठान, पूजापाठ, प्रवचन, आरती र साँस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । आयोजक समिति अनुसार १६ गते पछाडी विभिन्न राष्ट्रियस्तरका धार्मिक वक्ताहरू तथा कलाकारहरूको उपस्थिति रहनेछ ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिले धार्मिक कार्य केवल पूजापाठमा सीमित हुनु हुँदैन, यसले समाजमा स्वच्छता, नैतिकता र सचेतना फैलाउनु आवश्यक रहेको बताए । ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन अनुरोध गरिएको छ । कोटीहोम स्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण समेत भएको फाउण्डेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि