देवघाटधाम जेसीज र गण्डकी आल्मुनियम उद्योगबीच कर्पोरेट समझदारी

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख १३

देवघाटधाम जेसीज र देवघाट गाउँपालिका वडा नम्बर ५, मा अवस्थित गण्डकी आल्मुनियम उद्योगबीच कर्पोरेट समझदारी सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार देवघाटधाम जेसीजका सदस्यहरूले गण्डकी आल्मुनियम उद्योगबाट उत्पादित सेवा तथा सामाग्रीमा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

समझदारी कार्यक्रममा गण्डकी आल्मुनियम उद्योगका तर्फबाट युवा उद्यमी सञ्चालक कोमलकान्त काफ्ले र अच्युत काफ्ले तथा देवघाटधाम जेसीजका तर्फबाट अध्यक्ष जेसि प्रशन्न ढकाल, व्यवसायिक तथा अन्तर्राष्ट्रिय क्षेत्रका कार्यकारिणी उपाध्यक्ष जेसि माधव न्यौपाने, व्यवसायिक क्षेत्रका उपाध्यक्ष जेसि डा. सम्राट अधिकारी र निर्देशक जेसि अर्जुन सापकोटा उपस्थित रहेका थिए ।

उक्त सम्झौता कार्यक्रममा गण्डकी आल्मुनियम उद्योगका सञ्चालकद्वयले गुणस्तरीय आल्मुनियम सामग्री उत्पादन तथा आपूर्ति गर्दै स्थानीय क्षेत्रको विकासमा योगदान पु¥याउन निरन्तर प्रयत्नरत रहेको जानकारी गराए । साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत देवघाटधाम जेसीजसँगको सहकार्यलाई उद्योगको गौरवपूर्ण कदमका रूपमा प्रस्तुत गरेका थिए ।

देवघाटधाम जेसीजका अध्यक्ष जेसि प्रशन्न ढकालले बर्ष २०२५ को प्रकरण ड्रिम डेर डु अभियानलाई स्मरण गर्दै यस्ता कर्पोरेट समझदारीहरूले सदस्यहरूलाई उद्यमशीलता र आत्मनिर्भरता तर्फ उत्प्रेरित गर्ने, साथै स्थानीय उद्योग र सामाजिक संस्थाबीच सशक्त सहकार्यको माध्यम बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै अन्य पदाधिकारीहरूले पनि देवघाटधाम जेसीजले सदस्यहरूको हित र सुविधाका लागि व्यवसायिक सहकार्यहरूलाई प्राथमिकता दिँदै आएका कुरा उल्लेख गर्दै, भविष्यमा यस्ता सहकार्यलाई अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गरो थिए ।

गण्डकी आल्मुनियम उद्योगले आल्मुनियम झ्याल ढोका, पार्टेसन, ग्लेजिङ, स्टिल तथा फलाम रेलिङ, प्यानेल बोर्ड तथा जिप्सम लगायत निर्माण र सजावटको लागि गुणस्तरिय सेवा दिँदै आएको छ । यस समझदारीले देवघाटधाम जेसीजका सदस्यहरूलाई गुणस्तरीय उत्पादनहरूमा सहज पहुँच प्रदान गर्नुका साथै स्थानीय युवा उद्यमशीलता प्रवद्र्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि