विष्णु मगर । देवघाट, बैशाख १३
देवघाट क्षेत्रका युवा नेतृत्व विकास तथा सामाजिक सेवामा सक्रिय संस्था देवघाटधाम जेसीज र गुणस्तरीय घरेलु सरसफाइ सामाग्री उत्पादनमा समर्पित हिमशिखर सोप एण्ड हव्र्स उद्योगबीच महत्वपूर्ण कर्पोरेट समझदारी सम्पन्न भएको छ ।
उक्त कर्पोरेट सम्झौता कार्यक्रममा हिमशिखर सोप एण्ड हव्र्स उद्योगका तर्फबाट प्रबन्धक कुलचन्द्र न्यौपाने, देवघाटधाम जेसीजका अध्यक्ष जेसी प्रशन्न ढकाल, कार्यकारिणी उपाध्यक्ष जेसी माधव न्यौपाने, तथा व्यवसायिक क्षेत्रका उपाध्यक्ष जेसी डा.सम्राट अधिकारीको विशेष उपस्थिति रहेको थियो ।



समझदारी अनुसार देवघाटधाम जेसीजका सम्पूर्ण सदस्यहरूले हिमशिखर सोप एण्ड हव्र्स उद्योगबाट उत्पादित सामाग्रीहरूमा ३० प्रतिशत विशेष छुटको सुविधा प्राप्त गर्ने भएका छन् । सम्झौता अनुसार सदस्यहरूले हिमांशु अर्गानिक साबुन, हिमांशु लिक्विड ह्यान्ड वास, कालिगन्डकी लिक्विड डिटरजेन्ट, कालिगन्डकी सोलिड लाउन्ड्रिसप लगायतका विभिन्न साबुन तथा सरसफाइ सामाग्रीहरूमा सहज पहुँच प्राप्त गर्नेछन् ।
उक्त कार्यक्रममा बोल्दै हिमशिखर सोप एण्ड हव्र्स उद्योगका प्रबन्धक कुलचन्द्र न्यौपानेले उद्योगले नेपाली उपभोक्ताको आवश्यकता र स्वास्थ्यलाई ध्यानमा राखी गुणस्तरीय, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आएको बताए । उनले देवघाटधाम जेसीजसँगको सहकार्यले सामाजिक संस्थाहरूलाई पनि आफ्नो उत्पादन लाभान्वित गराउन पाउँदा गर्व महसुस भएको बताए ।
देवघाटधाम जेसीजका अध्यक्ष जेसी प्रशन्न ढकालले संस्थाका सदस्यहरूलाई गुणस्तरीय उत्पादनमा पहुँच प्रदान गर्दै स्थानीय उद्यमशीलतालाई सहयोग पु¥याउने तथा बर्ष २०२५ को प्रकरण ड्रिम, डेर डु बमोजिम उद्यम गरिरहेका व्यक्तिहरुको प्रबर्धन गर्ने उद्देश्यले कर्पोरेट समझदारी गरिएको जानकारी दिए । उनले भविष्यमा पनि यस्ता सहकार्यहरू विस्तार गर्दै सदस्यहरूको हित र स्थानीय विकासमा टेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी माधव न्यौपाने र व्यवसायिक क्षेत्रका उपाध्यक्ष डा.सम्राट अधिकारीले पनि यस्तो किसिमको सहकार्यले सदस्यहरूलाई प्रत्यक्ष लाभ पुग्ने र स्थानीय उत्पादनलाई विश्वासको साथ प्रोत्साहन गर्ने अवसर मिल्ने धारणा व्यक्त गरे ।
यस सहकार्यबाट देवघाट क्षेत्रका सामाजिक अभियन्ता तथा युवा नेतृत्वमा सक्रिय सदस्यहरूलाई उच्च गुणस्तरीय स्वदेशी उत्पादन प्रयोग गर्न थप उत्प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । साथै, यस्ता सहकार्यहरूले स्थानीय उद्योगको प्रवद्र्धन र आर्थिक विकासमा समेत सकारात्मक योगदान पु¥याउने विश्वास गरिएको छ ।