नियमित रुपमा पठनपाठन सन्चालन गर्न देवघाट गाउँपालिकाको अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख १७

देवघाट गाउँपालिकाले सामुदायिक विद्यालयको पठन पाठन नियमित रुपमा सन्चालन गर्न अनुरोध गरेको छ । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बुधबार विज्ञप्ति प्रकाशित गरि नियमित रुपमा पठन पाठन सन्चालन गर्न अनुरोध गरेका हुन् ।

गत चैत २० गते देखि देशका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्नो पेशागत सम्मान र शिक्षा ऐन जारी लगाएतका विषयमा दवावमुलक आन्दोलनमा रहेको अवस्थामा सरकारले शिक्षक तथा विद्यालय कर्मचारीहरुका संविधान सम्मत उचित मागको सम्बोधनका लागि गाउँपालिकालेले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

संविधानले बालवालिकाको पढ्न पाउने हकलाइ मौलिक अधिकारको रुपमा स्थापित गरेको भन्दै विज्ञप्तिमा विद्यालयमा नियमित पठनपाठनलाई निरन्तरता दिई आफ्ना मागहरु सरकारद्वारा सम्बोधन गराउनका लागि आन्दोलनको स्वरुप परिवर्तन गरी वैकल्पिक तवरले माग उठान गर्न अनुरोध गरिएको छ ।

शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र नियमित पठनपाठन यथासिघ्र सन्चालन गर्नु गराउनुहुन विद्यालय व्यवस्थापन समिति, प्रधानध्यापक र सम्पूर्ण शिक्षक तथा कर्मचारी लगायत सम्बन्धित सरोकारवालाहरुमा देवघाट गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास