देवघाट । बैशाख १७
बिहानी ब्रोडकास्टिङ्ग मिडिया प्रालिद्वारा सञ्चालित बिहानी मिडिया डटकमले प्रकाशन गरेको भित्तेपात्रो बुधबार बिमोचन गरियो ।



उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पत्रकारहरुमा आर्थिक र सुरक्षाको चुनौती रहेको हुँदा सत्यतथ्य घटना बाहिर ल्याउन समस्या भईरहेको बताए । उनले देवघाटको बिकासको लागि मिडियाले पनि ठुलो भुमिका खेलेको बताए । समाजमा र विकासको काममा जनप्रतिनिधिको सम्भावना लिएको कामहरुमा मिडियाले भुमिका खेल्नुपर्ने बताए ।
बिहानी मिडियाका अध्यक्ष आशिक रानामगरको अध्यक्षतामा सम्पन्न भएका गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत जगबहादुर बस्नेत, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने, नेकपा एमाले देवघाट गाउँ कमिटिका उपाध्यक्ष भोजराज नैनावस्ती, नेपाली काँग्रेसका उपसभापती पुरुषोत्तम शर्मा, देवपुर टोल विकास संस्थाका अध्यक्ष शुकु गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का सदस्य बुद्धिबहादुर पाण्डे, सरस्वती परियार र यमबहादुर मगर, आदिवासी जनजाति पत्रकार महासंघ चितवन अध्यक्ष तुलमान गुरुङ, तमु समाज देवघाट अध्यक्ष नरबहादुर गुरुङ, नेपाल मगर संघ देवघाट अध्यक्ष खड्का पामी आलेमगर, महिला सञ्जाल देवघाट अध्यक्ष राधादेवी खनाल, इलाका प्रहरी कार्यालय देवघाट प्रमुख उदयराज पौडेल, कालिका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठ, मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी, चक्रवर्ती सामुदायिक वनका अध्यक्ष डिलबहादुर गुरुङ, रानी सामुदायिक वनका सचीव इन्द्रा थापामगर, जेसिज देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकाल, हरिहर बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष रोशनदेव आचार्य, देवघाट ५ वडा खेलकुद समिति अध्यक्ष टीका रानामगर, गाउँपालिका लेखा शाखा अधिकृत सरद न्यौपाने, गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त, बराह आधारभूत विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापा, कालिका आमा समुह अध्यक्ष नरमाया फेवाली लगायतको उपस्थिति रहेको थियो ।