हामी छिट्टै ठूलो आन्दोलनमा जाँदैछौंः प्रचण्ड

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख १८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिटै ठूलो आन्दोलनमा जाने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी घटकहरुलाई एकै ठाँउमा ल्याएर छिटै ठूलो आन्दोलनमा जाने बताएका हुन् ।

प्रचण्डले आन्दोलन र क्रान्तिबाट मुलुकमा देखिएका समस्याहरुको समाधान गर्न तर्फ अग्रसर रहेको उल्लेख गरे । आफुहरुको आन्दोलन र क्रान्ति शान्तिपूर्ण हुने उल्लेख गर्दै प्रचण्डले राज्यले बल प्रयोग गरेर दमन गर्न खोजे जनताको विद्रोहको अधिकारलाई कसैले रोक्न नसक्ने चेतावनी दिए । सरकारले सुशासनबिरुद्ध र भ्रष्टाचारका पक्षमा गरेका कामलाई माओवादीले खवरदारी गरिरहेको उनले बताए ।

प्रचण्डले अहिलेको व्यवस्थालाई नै उल्टाउने प्रयास भएको भन्दै त्यस्ता प्रयासलाई प्ररास्त गरेरै छाड्ने धारणा राखे । उनले यथास्थीतिवादी पार्टीहरुसंग मिलेर सरकारमा जाने कुनै रुची माओवादीलाई नरहेको भन्दै आफुहरु जनतासंगै ठीक रहेको स्पष्ट पारे । प्रचण्डले भ्रष्टाचारका प्रमुख कारक शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै हुनुपर्ने बताए ।

उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समिक्षा आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि