भानुमा दोस्रो मेयर/उप–मेयर कप तथा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २५

भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा भानु नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा भानु नगरपालिका–२ स्थित गोठेरी चौरमा दोस्रो नगरस्तरीय मेयर/उप–मेयर कप २०८१/0८२ तथा जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सुरु भएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता बैशाख २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का वडा अध्यक्ष ईश्वरबहादुर घिमिरेले जानकारी दिए । यस्तै, बैशाख २७ गते जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल खेल, महिला भलिबल तथा महिला म्याच घुमाई कार्यक्रम पनि आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

खेलको माध्यमबाट आपसी सद्भाव र स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको खेलकुद विकास समितिका संयोजक एवं वडा नम्बर ३ का वडाअध्यक्ष तुलबहादुर गुरुङले बताए । कार्यक्रमको उद्घाटन गर्दै भानु नगरपालिका उप–प्रमुख उमा गोतामेले कार्यक्रम बारे जानकारी दिँदै शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय