भानुमा दोस्रो मेयर/उप–मेयर कप तथा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २५

भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा भानु नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा भानु नगरपालिका–२ स्थित गोठेरी चौरमा दोस्रो नगरस्तरीय मेयर/उप–मेयर कप २०८१/0८२ तथा जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सुरु भएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता बैशाख २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का वडा अध्यक्ष ईश्वरबहादुर घिमिरेले जानकारी दिए । यस्तै, बैशाख २७ गते जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल खेल, महिला भलिबल तथा महिला म्याच घुमाई कार्यक्रम पनि आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

खेलको माध्यमबाट आपसी सद्भाव र स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको खेलकुद विकास समितिका संयोजक एवं वडा नम्बर ३ का वडाअध्यक्ष तुलबहादुर गुरुङले बताए । कार्यक्रमको उद्घाटन गर्दै भानु नगरपालिका उप–प्रमुख उमा गोतामेले कार्यक्रम बारे जानकारी दिँदै शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि