मिचाहा प्रजातिको वनस्पितिले वनका रुख–विरुवा नासिँदै गएको प्रति चिन्ता ब्यक्त

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २५

वनमा मिचाहा प्रजातिको वनस्पितिले दुख्ख दिएको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । विहिबार दमौलीमा आयोजित एक कार्यक्रमका अवसरमा सामुदायीक, नीजि र कबुलिएती वनहरुमा र खेतबारीमा समेत हाल मिचाहा प्रजातिको वनस्पितिले अन्य आवश्यक रुख–विरुवाको उम्रने र हुर्कने क्षमतामा कमि ल्याएको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

वनहरुमा र खेतबारीमा विभिन्न किसिमका वनमारा, निलो गन्धे, पातीझार, कालोकुरो लगाएतका मिचाहा प्रजातिको वनस्पितिले वनका रुख–विरुवा नासिँदै गएको र खेतीयोग्य जमिनमा समेत मिचाहा प्रजातिको वनस्पितिले उत्पादन क्षमतामा ह्रास आएको भन्दै डिभिजन वन कार्यालय तनहुँको आयोजना र गण्डकी जलधार जलवायु उत्थनशील आयोजनाको सहयोगमा मिचाहा प्रजातिलाई नियन्त्रण तथा ब्यवस्थापन गर्नु पर्ने गोष्ठीमा सहभागीहरुले बताएका छन् ।

जलवायु परिवर्तनको कारणले पनि मिचाहा प्रजातीको प्रकोप बढेकोले रैथाने प्रजाती लोप हुने अवस्थामा पुगेको, कृषि उत्पादनमा कमि आएको, वन्यजन्तुको बासस्थानमा प्रभाव परेको, वन डँढेलोमा वृद्धि भएको, मानव वन्यजन्तु बीच द्वन्द्व बढेको लगाएत असर पर्ने गरेको छ ।

‘मिचाहा प्रजाति हटाऔ, जैविक विविधता बचाऔ’ भन्ने नारा सहित गरिएको कार्यक्रममा डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख शरद कुमार अधिकारीले दिगो वन ब्यवस्थापनमा मिचाहा प्रजातिका वनस्पतिले दिर्घकालिन रुपमा असर परेकाले विशेषगरी सामुदायिक वन उपभोक्ता समिति संवेदनशील बन्नु पर्नेमा जोड दिए ।

डिभिजन वन कार्यालयका वन अधिकृत नवीन विश्वकर्माले सहजिकरण गर्नुभएको सो कार्यक्रममा गण्डकी जलधार जलवायु उत्थनशील आयोजनाका डा.राजन पौडेलले मिचाहा प्रजातिको नियन्त्रण तथा ब्यवस्थापनमा स्थानीय पालिकासँग सहकार्य गरि योजना निर्माण गरि कार्य गर्नुपर्ने बताए । गोष्ठीका माध्यमबाट आगामी दिनमा सामुदायिक वनहरुमा कार्य योजना तयार गरि कार्य गरिने सहभागीहरुले प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा ऋषिङ गापाकी उपाध्यक्ष गिनुमाया थापा, वन अधिकृत काशीराम पण्डित, व्यास नपाका कार्यपालिका सदस्य रनसिं नेपाली, फेकोफन तनहुँका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, कोषाध्यक्ष हुमा रानाभाट लगाएत विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि र डिभिजन वन कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि