आँबुखैरेनीमा ‘सवारी चालक लागु औषध चेकजाँच अभियान’ सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ३०

इलाका प्रहरी कार्यालय आँबुखैरेनी ‘सवारी चालक लागु औषध चेकजाँच अभियान’ सुरु गरेको छ । गण्डकी प्रदेशको मुख्य सीमा नाका आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित बेनिटारमा मंगलबारबाट उक्त अभियान सुरु भएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको आयोजना, आँबुखैरेनी गाउँपालिका र आँबुखैरेनी अस्पतालको प्रशासनिक तथा प्राविधिक सहयोगमा ‘सवारी चालक लागु औषध चेकजाँच अभियान” आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शुभारम्भ गरे ।

उक्त अवसरमा इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, वडा नम्बर ३ का वडा सदस्य मनोज कुमार श्रेष्ठ, वडा सदस्य राजु थापा, पुलजिप युवा क्लबका अध्यक्ष विजय गुरुङ, स्थानीय बुद्धिजिबीहरु लगायतको सहभागितामा सो अभियान सन्चालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागी पृथ्वी राजमार्ग सडक खण्डमा सन्चालन हुने सम्पूर्ण सार्वजनिक तथा निजी सवारी चालकहरुलाई केन्द्रीत गरी कीट मार्फत “लागु पदार्थ सेवन । लापसे)” परीक्षण कार्यक्रम सुरु गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिए । उक्त कीट मार्फत सवारी चालकको पिसाबको नमुना संकलन गरेर ५ मिनेटमा लागुऔषध औषध पदार्थ प्रयोग गरे/नगरेको थाहा पाउन सकिन्छ ।

प्रहरी निरीक्षक सुवेदीले यस अभियानलाई सफल बनाउनको लागि आँबुखैरेनी गाउँपालिका, सम्पूर्ण आँबुखैरेनीवासी, उक्त सडक खण्डमा आवत जावत गर्ने सार्वजनिक तथा निजी सवारी चालक तथा यात्रुहरुलाई सक्रिय सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय