देवघाट । बैशाख ३१
देवघाट गाउँपालिकाको आयोजना तथा सामाजिक विकास कार्यालय तनहुँकाे समन्वयमा बालमैत्री स्थानिय शासन सम्बन्धी २ दिने तालिम बुधबार सम्पन्न भयो ।



उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बच्चा जन्मे देखि हुर्काउने बढाउने समय सम्म धेरै काम हुने हिजाे बालबालिकामा आफुले भाेगेकाे कुरालाइ सिकाइमा परिवर्तन गर्दै आएकाे बताए । बाबालिकाकाे अधिकार र के कस्ता सुचकहरु छन त्यस सुचकहरुलाइ के कसरी पूरा गर्न सकिन्छ त्यसलाई पूरा गर्दै जाने थापाले बताए । भाेलिकाे दिनमा बालबालिकाकाे अधिकारकाे प्रत्याभुती गर्दै जाने प्रतिवद्धता थापाले गरे । यस अभियानलाइ शिक्षक , स्वास्थ्य शाखा , टाेलविकास र जिम्मेवार निकायले भुमिका खेल्न उनले अनुराेध गरे ।
कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसि गुरुङले बालमैत्री स्थानिय शासन सम्बन्धी शिक्षक र टाेलबिकास सस्थाहरुले महत्त्वपूर्ण भुमिका खेल्न पर्ने बताए । यसमा सबै मिलेर भुमिका खेले मात्र यस अभियान सफल हुने गुरुङले बताए ।
देवघाट गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा
सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरि आचार्यले सबै निकायले बालमैत्री शासन पद्धति अवलम्बन गर्नुपर्ने बताए ।
साे कार्यक्रममा सामाजिक विकास केन्द्र प्रतिनिधि कृष्ण प्रसाद न्याैपाने, स्वास्थ चाैकि प्रमुख , देवघाट सामुदायिक विद्यालयकाे शिक्षकहरु वडा अध्यक्षहरु उपस्थिति रहेकाे थियाे ।












