प्रदेश प्रहरी प्रमुख पौडेलबाट निरीक्षण तथा निर्देशन

Devghat Online

शेयर गरौ

चितवन । जेठ १

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी अरुण पौडेलले बिहिवार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण गरेका छन् । सो क्रममा डिआईजी पौडेलले जिल्ला प्रहरी कार्यालयको भवन, सम्पुर्ण शाखाहरु, क्वाटर गार्ड, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै यस कार्यालय तथा मातहत समेतमा कार्यरत सिनिअर प्रहरी अधिकृत/जुनिअर प्रहरी अधिकृत/ युनिटका इन्चार्जहरु लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई देश तथा नागरिकलाई शिरमा राखि असल आचरण, आपसी सद्भाव तथा सामुहिक भावनाका साथ उच्च व्यावसायिकता र निष्ठापुर्वक आफ्नो कर्तव्य निर्वाह गर्न, संगठनले निर्दिष्ट गरेको मिडिया नीति बिपरित सामाजिक सञ्जालको दुरूपयोग नगर्न, गैह्र व्यवसायिक आर्थिक लाभका क्रियाकलापहरु र प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन सचेत गराए ।

सोही क्रममा डिआईजी पौडेलले गुन्डागर्दी नियन्त्रण गर्ने, भिआईपीहरुको बलियो सुरक्षा प्रबन्ध मिलाउने, सम्पुर्ण सेवाग्राहीहरुलाई समान व्यवहार गरी कानुन बमोजिम हुने समस्याहरुको तत्काल सम्बोधन गर्ने, फौसला कार्यन्वयनलाई कडाइका साथ कार्यान्वयन गर्ने, समयमै सहि सुचना संकलन गर्ने, ट्राफिक व्यावस्थापनको राम्रो प्रबन्ध गर्ने, अवैध नदीजन्य उत्खन्नलाई नियन्त्रण गर्ने, कारागार सुरक्षामा विशेष ध्यान दिने,बल प्रयोग गर्दा मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्दै व्यवसायीक, अनुशासित एवं कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्न र आफुलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्न, आफ्ना व्यक्तिगत तथा व्यावसायिक समस्या तथा गुनासोहरु सिलसिलेवार रुपमा प्रतिवेदन गर्न निर्देशन दिदैं प्रहरी कर्मचारीहरुका पिरमर्का र गुनासोहरु संगठनले तोके बमोजिमको बिधि र प्रक्रिया अनुरुप सम्बोधन गर्न निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय