खोला नदीमा पानीको बहाव वढ्दै गयो, सावधानी अपनाउनु: प्रशासन

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १

जिल्ला प्रशासन कार्यालय तनहुँले खोला नदीमा पानीको बहाव बढ्दै गएको हुदा सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ । विहिबार सुचना प्रकाशन गरि प्रशासनले गर्मी यामको प्रारम्भ सँगै स्थानीय खोलानालाहरुमा पौडी खेल्ने लगायतका गतिविधि बढेको एवं वर्षा यामको प्रारम्भ सँगै खोलानालाहरुमा पानीको वहाव वृद्धि हुँदै गएको जनाएको छ ।

हालैका दिनहरुमा देशका विभिन्न भागहरुमा खोलाले बगाई मानिस घाइते, मृत्यु वा वेपत्ता हुने क्रम वृद्धि भएकाले यस्ता घट्नाहरुबाट बच्न आवश्यक सचेतना र सावधानी अपनाई मानव जीवनको सुरक्षा गर्नुपर्ने भन्दै प्रशासनले विभिन्न किसिमका सावधानी अपनाउन अनुरोध गरेको हो ।

अत्यावश्यक नपरी नदी तथा जलाशयमा नजान, बालबालिकालाई एक्लै नदी तथा जलाशय क्षेत्रमा नपठाउन तथम साथीभाई र संरक्षकको साथ विना यस्ता क्षेत्रमा नजान पनि अनुरोध गरेको छ । त्यस्तै गहिरो र अप्ठ्यारो जोखिमयुक्त स्थानमा पौडी खेल्ने लगायतका कार्य नगर्न, नदी तथा जलाशय क्षेत्रमा जानुपर्दा जीवन सुरक्षाका उपकरणहरुको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

यस्तै मादक पदार्थ सेवन गरी नदी तथा जलाशय क्षेत्रमा नजान, कुनै दुर्घटना परी आपत्कालिन अवस्था आईपरेमा तत्काल सहायताका लागि नेपाल प्रहरीको नम्वर १०० वा जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकृतको मोबाइल नं. ९८५६०६२२५५ वा सशस्त्र प्रहरी बल नेपाल, नं. २३ गण हे. क्वा. को सम्पर्क नं. ९८५१२७२०९९ वा जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र तनहुँको सम्पर्क नं. ०६५-५६४१६१ मा सम्पर्क गरी जानकारी गराउनुहुन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जारी गरेको सुचनामा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय