भिमादको निशुल्क आखाँ शिविर बाट ५६६ जनाको परिक्षण, ४२ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्ने

Devghat Online

शेयर गरौ

अन्जान परियार । भिमाद, जेठ ३

भिमाद नगरपालिकामा सन्चलान भएको निशुल्क आँखा जाँच शिविर बाट ५ सय ६६ जनाले परिक्षण गराएका छन् ।

नगरपालिकाको विभिन्न वडामा वैशाख ३० देखि जेठ १ गतेसम्म सन्चालन भएको शिविरमा आँखा परीक्षण गराएकाहरू मध्ये ४२ जनामा मोतिबिन्दु भेटिएको छ । मोतिबिन्दु प्रमाणित भएकाहरुको जेठ ७ गते हिमालय आँखा हस्पिटल पोखरामा निःशुल्क सल्यक्रिया गरिने भएको छ । सो शिविरबाट आँखा कमजोर देखिएका २ सय २३ जनालाई निशुल्क चस्मा वितरण तथा औषधि बितरण गरिएको थियो ।

शिविरको पहिलो दिन वैशाख ३० गते वडा नं १ स्थित पृथ्वी माध्यमिक बिधालय प्राङ्गणमा १९४ जनाको परिक्षणमा १८ जना मोतिबिन्दु भेटिएको थियो । यसैगरी ३१ गते वडा नम्बर ३ को बाल शैक्षणिक माध्यमिक बिधालयमा १ सय ३६ जनाको परिक्षणमा १८ जनामा मोतिबिन्दु भेटिएको थियो भने वडा नम्बर ५ को दिपक माध्यमिक बिधालयमा २ सय ३६ जनाको परिक्षणमा ६ जनामा मोतिबिन्दु भेटिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिता धरेलले जानकारी दिईन् ।

भिमाद नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा संचालन भएको शिविर विहिबार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड