कोटिहोममा ५ लाख बढी भक्तजनले दर्शन गरेको आयोजकको दाबी

Devghat Online

शेयर गरौ

पोखरा ।  जेठ ६
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा मङ्गलवार सम्म ५ लाख बढी भक्तजनले कोटिहोम दर्शन गरेका छन् ।
दिन प्रतिदिन भक्तजनको उल्लासमय उपस्थितिले आजको दिन सम्म ५ लाख बढी भक्तजनले कोटिहोम अवलोकन गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
मङ्गलवार पनि भक्तजनको सहभागिताले कोटिहोम परिसर भरिभराउ भएको थियो । कोटिहोम दर्शन गर्नका लागि दैनिक पोखरा सँग देशभरका जिल्ला बाट भक्तजन आउन सङ्ख्या बढ्दै गएको छ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जेठ १० गते देखि दैनिक १ लाख भक्तजनले कोटिहोम दर्शन गर्ने आउने सङ्केत पाएको बताए । हुन पनि जेठ १० गते अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा पुनः कोटिहोममा कथा वाचन गर्न आउने भएकाले यो सङ्केत देखिएको उनको विश्वास छ ।
देवी प्रतिभाले जेठ १६ गते सम्म कथा प्रवचन गर्ने कार्यक्रम छ भने जेठ १४ देखि २२ गतेसम्म नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासीले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ । दुई प्रख्यात कथा वाचीकाको कोटिहोमा उपस्थितिले पनि भक्तजनको सङ्ख्या बढ्ने आयोजकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको