आँबुखैरेनीद्वारा बाँस तथा फलामजन्य उद्योगमा कार्यरत श्रमिकलाई सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ११

आँबुखैरेनी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाँस तथा फलामजन्य उद्योगमा कार्यरत श्रमिकलाई सम्मान गरेको छ । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रम अन्तर्गत श्रमिकहरुलाई सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औद्योगिक ग्राममा कार्यरत बाँसजन्य तथा फलामजन्य उद्योगमा संलग्न श्रमिकहरूलाई सम्मान गरिएको थियो । श्रमिकहरूको योगदानलाई कदर गर्दै कार्यक्रममार्फत उनीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बहादुर तमु लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

आगामी दिनमा पनि श्रमिकहरूको हक, अधिकार तथा सम्मानको पक्षमा यस्ता कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ