देवघाट कलेज नाम चर्चाको लागि मात्र नहोस्

Devghat Online

शेयर गरौ

सागर भण्डारी
देवघाट

देवघाट कलेज स्थापना सहकार्य एवं संचालक समितिले जेठ १० गतेबाट आर्थिक सहयोगको लागि देवघाटबाट घरदैलो कार्यक्रमको शुरुवात गरेको छ ।

पटक–पटक बहस एवं छलफल भई आउदो भदौ महिनाबाट देवघाट कलेज सञ्चालनमा आउँदैछ । देवघाट कलेज स्थापना सहकार्य एवं संचालक समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ तोकिनुभएको छ । यसका लागि देवघाट कलेज स्थापना सहकार्य एवं संचालक समितिले देवघाटमा सामुदायिक कलेज सन्चालनकोलागि आर्थिक सहयोग गर्न आह्वान गरेको छ । समितिले सुचना प्रकाशित गरि आगामी भदौ देखी देवघाटमा कलेज सन्चालन हुने तयारी भएको तर कलेज सन्चालनको लागि आर्थिक संकटक रहेको हुँदा आर्थिक सहयोग उपलब्ध गराउन देवघाटबासीमा अनुरोध समेत गरेको छ ।

कक्षा १२ उत्तिर्ण गरेका देवघाट गाउँपालिकाको सबै वडा र देवघाटसँग जोडिएका कविलास, रामनगर, ठिमुरा हुदै सिताराम संस्कृत विद्यालय सम्मका विद्यार्थीहरुलाई समेट्दै निम्न आय स्रोत भएका बर्गकालागि उच्च शिक्षा हासिल गराई जिविकोपार्जन गर्न गराउन यस देवघाट कलेज स्थापना एवं कक्षा सञ्चालन गर्न लागिएको भन्दै डा.श्रेष्ठले सम्पूर्ण शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी, राजनिति दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्था, वन उपभोक्ता समिति, टोल विकास संस्था, आमा समूह, क्लब साथै अन्य जस्तै देवघाट भित्रका विभिन्न आश्रमहरु, पत्रकार समूह, समाजमा केहि गर्नु पर्छ भन्ने महान व्यक्तित्वहरु, छिमेकी कलेज सञ्चालकहरुलाई देवघाट कलेज सन्चालनको लागि आर्थिक सहयोग उपलब्ध गराउन डा.श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

सकारात्मक बिचार, साथ र समर्थनले गर्दा विगत २०८१ साल देखि निरन्तर प्रयासरत भई अव आउने भाद्र महिनाको त्रिविको नियमानुसर विविएस चार वर्षे कोर्षको प्रथम वर्ष सञ्चालनका निमित्त कागजी प्रक्रिया सम्बन्धित निकाय र कलेजसँग पक्का पक्की भई दोस्रो चरण कार्य गर्न गराउन अत्यावश्यक आर्थिक अभाव र समय थोरै भएकाले आवश्यक आर्थिक सहयोग गर्नुभई देवघाट कलेजलाई देवघाट र वरीपरी क्षेत्र भित्रका निम्न आय स्रोत भएकाको छात्र, छात्राहरुको उच्च शिक्षा हासिल गर्ने आफ्नै नाउँ आफ्नै ठाउँमा अध्ययन गर्न गराउन तत्परताका साथ दिनुभई सधैको लागि सम्झना स्वरुप कलेजको भित्तामा शिलालेख सहित संस्थाको नाम राख्ने गरि कार्य गर्नुहुन अनुरोध गरिएको छ ।

श्रेष्ठका अनुसार १ हजार देखि ४ हजार ९९९ सम्मका सहयोग दातालाई प्रमाण–पत्र प्रदान गरिने, ५ हजार देखि ५ हजार ९९९ सम्मका सहयोग गर्नेलाई फ्रेम सहित प्रमाण–पत्र प्रदान गरिने, १० हजार देखि २४ हजार ९९९ सम्म सहयोग गर्नेलाई मार्वलमा नाम लेखिने, २५ हजार देखि ४९ हजार ९९९ सम्म सहयोग गर्नेको फोटो र प्रमाणपपत्र सहित मार्वलमा नाम लेखिने बताउनु हुन्छ । यसैगरि ५० हजार देखि ९९ हजार ९९९ सम्म सहयोग गर्ने दातालाई श्रीमान श्रीमतीको फोटो सहित प्रमाण–पत्र र मार्वलमा नाम लेखिने, १ लाख देखि २ लाख ९९ हजार ९९९ सम्म सहयोग गर्नेलाई श्रीमान श्रीमतीको फोटो सहित प्रमाण–पत्र मार्वलमा दुवै जनाको नाम लेखिनेछ । त्यस्तै ३ लाख देखि ५ लाख ९९ हजार ९९९ सम्म सहयोग गर्ने दातालाई श्रीमान श्रीमतीको फोटो सहित प्रमाण–पत्र, मार्वलमा तिन पुस्ते नाम लेखिनेछ । यसैगरि ६ लाख देखि ९ लाख ९९ हजार ९९९ सम्म सहयोग दातालाई श्रीमान श्रीमतीको फोटो सहित प्रमाण–पत्र, ग्रेनाइट मार्वलमा तिन पुस्ते नाम सहित लेखिनेछ ।

आपतकालिन अर्थ संकलन गर्दै गर्दा कुनै संघ संस्था व्यक्तिगत मार्फत आवश्यक मोटो रकम सहयोग गर्नुहुने महानुभावहरु वा संघ संस्थालाई देवघाट कलेज एवं सम्पूर्ण समिति, उप–समिति परिवारको संयुक्त छलफलको निर्णय अनुसार उक्त संस्थाहरुले मोटो रकम दिनुभएकाहरुको लागि पुन सोदभर्ना स्वरुप आवश्यकता अनुसार फिर्ता गरिने र त्यसैगरि आपतकालिन रकम १५ लाख र १८ लाख कुनै पनि व्यक्ति वा संघ संस्था मार्फत देवघाट कलेज सन्ंचालनका लागि तिर्नुपर्ने रकम आउँदो २०८२ वैशाख ३१ गते भित्र सोधभर्ना स्वरुप दिने संघ संस्था व्यक्तिहरुलाई सम्मान कार्यक्रममा सहभागिता गराई सम्मान समान गरिने पनि श्रेष्ठ बताउनुहुन्छ ।

वर्तमान अवस्था

विद्यार्थीलाई हाल किताबी ज्ञान भन्दा प्राविधिक शिक्षाको आवश्यकता छ । हाल नेपालका विभिन्न कलेजहरुका अगाडी एब्रोड स्टडी भनी ठूलाठूला साईबोर्ड, होर्डिबोर्ड तथा विभिन्न कन्सल्टेन्सीको नाउँमा विभिन्न गाडीहरु हाम्रा गाउँघरमा देख्न सकिन्छ । यस्ता होर्डिङ बोर्डहरुले नेपाली बालमस्तिक तथा नेपाली विद्यार्थीहरुलाई नेपालमा केही छैन भन्ने भान भई विदेश पलायन हुने अवस्था सिर्जना गरेको छ ।

विदेशमा पढ्न पनि पाइने, पैसा पनि कमाउन सकिने भएकाले प्लसटुपछि विद्यार्थीको रोजाइ विदेश हुन थालेको छ । नेपालमा मास्टर पढदा जागिर गर्छुभन्दा पाइँदैन, आमाबुवाबाटै मागेर पढ्नुपर्ने बाध्यता छ । पढिसकेपछि पनि जागिर पाइन्छ कि पाइँदैन भन्ने एकीन छैन । तसर्थ बेरोजगारीका कारण पढाइका लागि नेपाली विद्यार्थी बाहिर गएको अवस्था छ ।

मुलूकभरि सामूदायिक, निजी, आंगीक गरी करिब १ हजार ४ सय ५५ भन्दा बढी कलेजमा सञ्चालनमा छन् । कलेजको संख्या बढ्दै जानु र विद्यार्थीको संख्या घट्दै जानुले पनि कलेजलाई विद्यार्थी पाउन समस्या भएको हो । अमेरिका, जापान, अस्टेलिया जाने अधिकांश विद्यार्थी अब नेपाल नफकर्ने गरेको विभिन्न अध्ययन अनुसन्धानबाट थाहा जानकारी हुन आउछ । यसर्थ अबको २०÷२५ वर्षपछि नेपालमा दक्ष जनशक्ति तथा युवा जनशक्ति नहुने अवस्था सिर्जजना भएको छ । सरकारको नेपालमा विद्यार्थी रोक्ने भन्दा पनि विद्यार्थीलाई विदेश पठाउने रणनितीहरु देख्न सकिन्छ ।

नेपालकै पुरानो त्रिभुवन विश्वविद्यालयको अवस्था पछिल्लो समय नाजुक बन्दै गएको छ । विश्वविद्यालयको उपकुलपतिदेखि विभिन्न पदहरुमा योग्यता भन्दा भागबण्डाको आधारमा नियुक्ति गर्ने प्रवृत्ति बढेको छ । योग्यताका आधारमा नियुक्त गर्ने सरकारको प्रतिवद्धता सरकारले नै कार्यान्वयन गरेको देखिदैन । विश्वविद्यालय राजनीतिक अखडा बनिरहेका छन् ।

तालाबन्दी र हड्ताल विश्वविद्यालयको दैनिकीजस्तै बनिरहेको छ । जसका कारण विद्यार्थीहरुको पलायन हुने क्रम बढिरहेको छ । तर विश्वविद्यालय उत्थान र विद्यार्थीहरुको हकहितका लागि स्थापना गरिएको स्वतन्त्र विद्यार्थी युनियन भने यस विषयमा गम्भीर बन्न सकेको छैन । पछिल्लो समय नामै चलेका कलेजहरूलाई समेत विद्यार्थी पाउन गाह्रो परेको छ ।

खाडी मुलुक तथा युरोप अमेरिका गएका मान्छे त्यहाँ आफै पैसा तिरेर पढ्न सक्दैनन् । श्रमको तथ्यांकले के भन्छ भने विदेश पढ्न जाने भन्दै गएका १० प्रतिशत विद्यार्थीमात्र त्यहाँ पढछन् । बाँकी काम गरेर पैसा कमाउँछन् ।

अन्त्यमा

देवघाटमा देवघाट कलेज स्थापना गरी सञ्चालन गर्नको लागि सर्वप्रथमतः विभिन्न कन्सल्टेन्सीका एब्रोड स्टडी भनी ठूलाठूला साईबोर्ड, होर्डिबोर्ड लगायतका कार्यलाई निषेध गर्न गाउँपालिकाले जरुरी छ । जसले बालमस्तिक देखि कक्षा १२ पढ्दै गरेका किशोरकिशोरीहरुलाई मनौवैज्ञानिक प्रभाव पारिरहेको हुन्छ, जसले देवघाटका विद्यार्थीलाई देवघाट कलेज भन्दा कक्षा १२ सकेपछि विदेशी कलेजमा अध्ययन गर्न प्रोत्साहित गरिरहेका हुन्छ ।

विद्यार्थीहरु विदेश पलायन हुने र विद्यार्थी अभाव हुने नेपालको विद्यालय तथा कलेजको यस अवस्थामा कक्षा १२ उत्तिर्ण गरेका देवघाट गाउँपालिकाको सबै वडा र देवघाटसँग जोडिएका विद्यार्थीहरुलाई समेट्दै निम्न आय स्रोत भएका बर्गकालागि उच्च शिक्षा हासिल गराई जिविकोपार्जन गर्ने गराउने उदेश्यले आउँदो भदौ महिनाबाट सञ्चालनमा आउन लागेको देवघाट कलेजलाई सबैको सहयोग र सहकार्यको आवश्यकता छ । यसको लागि सहयोग गर्नु हामी सबैको कर्तव्य र दायित्व हो । हाल सामाजिक सञ्चालमा देवघाट कलेजको बारेमा विभिन्न टिकाटिप्पणी हुने गरेका छन् । जो जसले नेतृत्व लिई देवघाट कलेज सञ्चालनमा आए पनि त्यो देवघाटवासीको लागि सुनौलो अवसर हो ।

जो कसैले वा जुनसुकै पार्टी प्रतिनिधिले नेतृत्व लिई देवघाट कलेज सञ्चालनमा आउनु देवघाटवासीको लागि एउटा सुनौलो अवसर हो, जसका लागि देवघाटवासी सबै जागरुक हुनु आवश्यक छ । तर चर्चाको नाउँमा केही समय कलेज सञ्चालन गर्ने तर विद्यार्थी अभावको कारण देखाउँदै कलेज बन्द गर्ने छुट कसैलाई छैन । कलेज कुनै पार्टीको हुँदैन, तसर्थ यसका लागि सबैको हातेमालो आवश्यक छ ।
देवघाटसँग जोडिएका विद्यार्थीहरुलाई समेट्दै निम्न आय स्रोत भएका बर्गकालागि समेटी नजिकको सहरमा अध्ययनको लागि जान बाध्य देवघाट तथा देवघाटसँग जोडिएका स्थानहरुबाट जाने विद्यार्थीहरुको लागि मध्यनजर गर्दै सञ्चालन हुन लागेको देवघाट कलेजलाई शुभकामना !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक