म्याग्दे गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १२

तनहुँको म्याग्दे गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकामा आयोजित कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

म्याग्दे गाउँपालिकामा सोमबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना तथा प्रमाणीकरण गरेका थिए । ‘स्थानीय स्वामित्व र सहभागिता–पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नारा सहित पूर्ण खोप पालिका सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी जेठ १२ गतेसम्म १६ महिना देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएको सुनिश्चितता गरिएको हुँदा उक्त घोषणा कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

म्याग्दे गाउँपालिकाका कोही बालबालिका पनि खोप लगाउनबाट बन्चित नभएको हुँदा सबै वडालाई प्रमाणीकरण तथा पालिका खोप प्रमाणीकरण गरिएको थियो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खोप पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको हुँदा स्वास्थ्यकर्मीहरु यस बारेमा गम्भिर बन्नु पर्ने बताए ।

उक्त कार्यक्रममा उपस्थित वडा खोप समन्वय समितिका संयोजक तथा सम्पूर्ण पदाधिकारीहरु, अतिथिहरु, स्वास्थ्यकर्मीहरु, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, पत्रकार, टोल विकास संस्था, आमा समूह, महिला सञ्चाल, मजदुर, व्यापारी, जनजाती, दलित, अपाङ्ग सञ्जाल एवं म्याग्दे गाउँपालिकाका हामी बासिन्दाहरुले आगामी दिनमा समेत उक्त खोप अभियानको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

विभिन्न वडाका अध्यक्षहरु, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरे लगायत गाउँपालिकामा कार्यरत विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू र सुरक्षाकर्मी सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल