काँग्रेस सरकारमा छ, तर सत्तामा छैनः शेखर कोइराला

Devghat Online

शेयर गरौ

तनहुँ । असार ८

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा भए पनि सत्तामा नभएको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँले आइतबार दमौलीमा आयोजना गरेको प्रजातन्त्र सेनानी आवाज स्मारिका–२०८२ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकार र सत्ता दुई कुरा बेग्लै भएको बताए ।

‘तपाईंले सामाजिक सञ्जालमा जति न्यूज पढिराख्नु भएको छ, त्यसले के बुझिन्छ भने सरकारमा चाहिँ हामी छौँ,’ कोइरालाले भने, ‘केन्द्रीय सरकारमा पनि छौँ, गण्डकी प्रदेशमा त हाम्रै नेतृत्वमा सरकारमा छ । तर सत्तामा छैनौँ ।’ प्रजातन्त्रमा संरचनाहरुले काम गर्ने भन्दै त्यस्ता संरचनामा पनि आफूहरु नरहेको उनले बताए । ‘प्रजातन्त्रमा संरचनाहरूले काम गरिरहेको हुन्छ,’ कोइरालाको भने ‘त्यो संरचनामा को–को छन्, हामी देख्दैनौँ प्रजातन्त्रवादीहरू, हामी त्यहाँ बामपन्थीहरु मात्रै देख्छौँ ।’

कोराईलाले निजामती बिधेयकमा कुलिङ पिरियड हुनुपर्ने अडान दोहो¥याए । आफूहरू सत्तामा नरहेकै कारण निजामती विधेयक ल्याउन नसकिरहेको उनले बताए । ‘तपाईंहरुले अर्को विचार गर्नुहोस्, संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियड भनेर पास ग¥यो,’ कोइराला भन्छन्, ‘तर, प्रधानमन्त्रीको आदेशमा सभामुखजीले त्यसलाई (निजामती विधेयक) लाई एजेन्डामा ल्याइ रहनु भएको छैन । हामी सत्तामा भएको भए हामी ल्याउँथ्यौँ ।’ ‘नेपाली कांग्रेस, एमालेका सांसदहरू, माओवादीहरू, मधेसका दलका सांसदहरू सबैले एकमतले कुलिङ पिरियड लागू गर्नुपर्छ भनेका छन्,’ कोइरालाले भने, ‘प्रधानमन्त्रीजीको हठ किन ? के को लागि ? कसको लागि ?’

नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँका अध्यक्ष समुन्द्र गोदारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु दिपक गिरी, शंकर भण्डारी, गोविन्द भट्टराई, आमन्त्रीत केन्द्रीय सदस्य पुष्प पराजुली, नेपाली काँग्रेस तनहुँका निवर्तमान सभापती बैकुण्ठ न्यौपाने लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण