म्याग्देको नीतिः ‘बसेपनि शहर गाउँकै खाने रहर’

Devghat Online

शेयर गरौ

तनहुँ । असार ८

म्याग्दे गाउँपालिकाले अर्गानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसेपनि शहर गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष लागु गर्ने नीति तथा कार्यक्रममा ‘बसेपनि शहर गाउँकै खाने रहर’ को नीति अन्तर्गत अर्गानिक उत्पादन र उपभोगलाई जोड दिनको लागि कोदोको सेल, कोदोको मम, कोदोको विस्कुट उत्पादन तथा विक्री गर्ने भएको छ ।

त्यस्तै म्याग्दे गाउँपालिकाले नियमानुसार कोदोको रक्सी उत्पादन गर्नेलाई अनुदान सहायता प्रदान गरिने भएको छ । स्थानीय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने गाउँपालिकाले नीति लिएको हो ।

स्थानीय उद्यमीले उत्पादन गरेको झोल साबुन, टोपी, अचार, गुन्द्रुक, मह, आदि गाउँपालिकाले खरिद गरि विक्रीको व्यवस्था मिलाउने तथा व्यवसायीक रुपमा दुधालु गाई तथा भैंसी खरिद गरि दुध र दुधजन्य उत्पादन गर्ने किसानलाई लागत साझेदारीमा गाई तथा भैंसी खरिद अनुदान उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

लोकप्रिय कार्यक्रम अन्तर्गत म्याग्देले एचआईभी एड्स संक्रमितलाई मासिक भत्ता दिने, गम्भिर मनोसामाजिक पीडित व्यक्ति तथा परिवारलाई मासिक भत्ता दिने, अन्तरजातीय सहित दाईजोमुक्त विवहा गर्ने जोडीलाई अनुदान दिने, गाउँपालिकाको लोगो सहित सगरमाथाको सफल आरोहण गर्ने स्थानीय युवालाई अनुदान दिने र व्यवसायीक कृषि र पशुफर्म सन्चालन गर्ने साथै कम्तीमा पाँच जनालाई रोजगारी दिने व्यवसायीक उद्यमीलाई लागत साझेदारी अन्तर्गत अनुदान दिने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

त्यस्तै अति गरिब तथा विपन्न नागरिकलाई विद्युतको मिटरबक्स खरिद अनुदान, खरको छाना मुक्त पालिका बनाउन घर छाउनकोलागि जस्तापाता तथा उपचारकोलागि आर्थिक सहाययता, निशुल्क एम्बुलेन्स जस्ता सेवा उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय