देवघाटमा बोलवम मेला सुरु, पहिलो सोमबार हजारौं भक्तजन

Devghat Online

शेयर गरौ

देवघाट । साउन ५

हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेला आजबाट देवघाटमा सुरु भएको छ । मेला साउनको प्रत्येक सोमबार हुनेछ । यस वर्ष साउन महिनामा ४ वटा सोमबार परेको हुँदा उक्त चारै दिन हजारौ भक्तजन मेला भर्न आउने अपेक्षा गरिएको छ ।

पहिलो सोमबार पनि बोलवम स्नानको लागि हजारौं भक्तजन देवघाट आएका थिए । देवघाटको बेणी संगम र शिवालयहरुमा भक्तजनहरुको घुँइचो लागेको थियो । त्यसबाहेक साउनका अन्य बारमा पनि देवघाटमा दैनिक हजारौंको संख्यामा भक्तजन आउने छन् ।

चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश बिदेशबाट हजारौं भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ ।

देवघाट क्षेत्र विकास समितिले यसवर्ष बोलवम मेलामा आउने भक्तजनको तथ्यांक राख्ने भएको छ । यसअघि बोलवम स्नान गर्न आउने भक्तजनको भिड हेरेर अनुमानको आधारमा यति संख्यामा भक्तजनको उपस्थिति रह्यो भन्ने तथ्यांक सार्वजानिक गर्ने गरिएकोमा यसवर्ष भने कर्मचारी परिचालन गरि स्नान गर्ने भक्तजनहरुको तथ्यांक संकलन गरिने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । यसले गर्दा देवघाटको धार्मिक महत्त्वको प्रचार प्रसार गर्न सहयोग पुग्ने र भविष्यको योजना बनाउदा सहयोग पुग्ने उनले बताए ।

साउनमा त्रिशुली र कालिगन्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाको लागि तनहुँ र चितवन तर्फ सुरक्षा सतर्कता बढाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले बताए ।

सोमबारको मेलाको लागि नदि किनारमा बिजुली बत्तिको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाको लागि डोरी सहितको दुई वटा डुङ्गाको व्यवस्थापन गरिने बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई