बन्दीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कमल केसी

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १९

बन्दीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कमलबहादुर केसीको पदस्थापना भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार केसीलाई बन्दीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापना गरेको हो । केसी हालै शाखा अधिकृतमा बढुवा भएका थिए ।

बन्दीपुर गाउँपालिकाका यस अघिका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यको चार दिन अघि निर्वाचन आयोग (अन्तर्गत) सरुवा भएपछि बन्दीपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको थियो । सोही पदमा मन्त्रालयले केसीलाई पदस्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू