तनहुँकी श्रेष्ठले जितिन मिस नेपाल नर्थ अमेरिकाको उपाधि

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १९

तनहुँको आँबुखैरेनीकी दिया श्रेष्ठले अमेरिकाको न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका–२०२५ को उपाधि चुम्न सफल भएकी छन् । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन् । उपाधि चुमेसँगै श्रेष्ठले अर्को वर्ष हुने मिस नेपालमा सिधै प्रवेश पाउने अवसर पाएकी छन् ।

साथै श्रेष्ठ नेपाल पर्यटन बोर्डको सद्भावना दूत बन्ने छिन् । नेपाली समयानुसार शनिबार राति भएको ग्राण्ड फिनालेमा हाल न्यूयोर्क निवासी श्रेष्ठले ८ औँ संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन् । टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भएकी थिइन् ।

कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ जजको रूपमा थिए । आयोजक संस्था ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले प्रतियोगिता उत्साहजनक ढंगले सम्पन्न भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो