नदीले बगाएर एक बेपत्ता, एकको उद्धार

Devghat Online

शेयर गरौ

देवघाट । भदौ १०

तनहुँको देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक जना बेपत्ता भएका छन्। नदीले बगाएका अर्का एक जनाको उद्धार गरिएको छ।

पौडी खेल्ने क्रममा चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारी बस्ने १३ वर्षीय कुशल ढकाल र भरतपुर महानगरपालिका–१६ मङ्गलपुर बस्ने १७ वर्षीय कृष्ण लामिछानेलाई नदीले बगाएको थियो।

बगाएकामध्ये कुशल ढकाललाई स्थानीय सोमबहादुर बोटेले उद्धार गरेका हुन् भने कृष्ण लामिछाने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए।

बेपत्ता लामिछानेको खोजी भइरहेको उनले जानकारी दिए। बेपत्ताको खोजीका लागि १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको टोली खटिएको छ। ती दुई किशोर दिदीबहिनीका छोराहरु हुन्। उनीहरु मामाघर आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय