देवघाट महिला सन्जालद्वारा तीज विशेष कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ १०

देवघाट महिला सञ्जालको आयोजना तथा देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा हरितालिका तिजको अवसरमा मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले महिलाहरुको लागि हरितालिका तिजको कार्यक्रम गर्न पालिकाले बजेट छुट्याइरहेको बताए । महिला सञ्जालले पिछिडिएका महिलाहरुको लागि कुनाकाप्चामा गई जो महिलालाई महिला शसक्तिकरण गर्ने कार्यक्रम, कानुनी सचेतना कार्यक्रम सन्चालन गनुपर्ने बताए ।

देवघाट महिला सञ्जालकी पुर्व अध्यक्ष सावित्री न्यौपानेले तिज पर्वको अबसर पारेर अहिले सस्कृति झल्किने भन्दा पनि छाडा गित गाउने गर्ने गर्छ जसले सस्कृति हराउदै विकृतिहरु फैलिदै गएको बताइन् । तीज पर्व महिलाहरु माइत गई आफ्नो दु ख पोख्ने र वर्षको एकदिन रमाइलो गर्ने दिन तिज पर्व रहेको न्यौपानेले बताइन् ।

नेपाल महिला संघ देवघाटकी अध्यक्ष इन्द्र माया थापाले महिलाहरुको वर्ष भरिको दुख र पिडालाई भुलाउने पर्वनै तिज पर्व रहेको थापाले बताए । थापाले पछिल्लो समयमा तिज भड्किलो र खर्चिलो भएको छ यसलाइ रोक्नुपर्ने थापाले बताइन् ।
देवघाट महिला सञ्जालकी अध्यक्ष राधा खनालले देवघाटमा रहेको महिलाहरु जो माइत नगएर बसेको र कोही चेलीहरु देवघाटमा आफ्नो माइत आउने चेलीहरुलाइ रमाइलो गर्नको लागि सो कार्यक्रम सन्चालन गरिएको बताइन् ।

उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका चन्द्रा गुरुङको प्रस्तुती रहेको थियो । उक्त कार्यक्रमको सन्चालन देवघाट महिला सञ्जालकी सचिव एलिजा अधिकारी क्षेत्रीले गरेकी थिइन् भने उपाध्यक्ष माया शर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको