दमौली । भदौ १७
नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व उपाध्यक्ष एवं जनचाहना न्युज डटकमका कार्यकारी सम्पादक एसवि नेपालीलाई समाचार सङ्कलनका क्रममा मंगलबार प्रदेश अस्पताल दमौलीका चिकित्सकले दुव्र्यहवार गरेका छन् ।



अस्पतालमा बिरामी सङ्ख्या बढिरहेको बारे मंगलबार समाचार सङ्कलनमा पुगेका पत्रकार नेपालीको मोवाइल खोसेर अस्पतालका डा. निराजन पन्थले अडियो डिलिट गरेका थिए । उक्त दुव्र्यहवारको घटनाको नेपाल पत्रकार महासंघ तनहुँ शाखले खेद प्रकट गरेको छ ।
समाचार सङ्कलन गर्नुपूर्व पत्रकार नेपालीले आफ्नो परिचय र समाचार सङ्कलनको उद्धेश्य स्पष्ट पारेको अवस्थामा डाक्टर पन्थबाट भएको दुव्र्यवहार प्रेस स्वतन्त्रता विरोधी भएको महासङ्घले ठहर गरेको छ ।
महासंघ तनहुँका सचिव कृष्ण न्यौपानेद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र रुपमा समाचार सङ्कलन गर्न पाउनु पत्रकारको नैसर्गिक अधिकारमाथि भएको हस्तक्षेपको निन्दा गर्दै पत्रकारमाथि दुव्र्यवहार गर्ने डाक्टरलाई आवश्यक कारवाहीका लागि जोडदार माग गरिएको छ ।












