तनहुँ जिल्लाका स्वास्थ्य संस्था मध्ये देवघाटको छिपछिपे स्वास्थ्य चौकी प्रथम

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २०

देवघाट गाउँपालिका–३ मा रहेको छिपछिपे स्वास्थ्य चौकी कार्यसम्पादनको आधारमा तनहुँ जिल्ला स्वास्थ्य संस्थाहरु मध्ये प्रथम हुन सफल भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले तय गरेको विभिन्न मापदण्डमा आधारित भई प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जिल्लाका ८४ वटा स्वास्थ्य चौकीहरुको गत आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न कामहरुको गरेको मुल्यांकनमा छिपछिपे स्वास्थ्य चौकी प्रथम हुन सफल भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । व्यास नपा–३ मा रहेको प्रदेश अस्पताल दमौलीको मुल्यांकन भने प्रदेश स्वास्थ्य निर्देशनालयले गर्नेछ ।

विभिन्न निर्धारित मापदण्डमा आधारित भई प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले कार्यालय प्रमुख अमर दवाडीको संयोजकत्वमा चार सदस्यीय मुल्यांकन समिति गठन गरेको थियो । सोही समितिले गरेको मुल्यांकनमा ९६.१० अंक प्राप्त गरि छपिछिपे स्वास्थ्य चौकी प्रथम भएको छ । छिपछिपे स्वास्थ्य चौकी यस अघि आर्थिक वर्ष २०८०/०८१ मा पनि ९२.२ अंक प्राप्त गरि प्रथम भएको थियो ।

त्यसैगरि म्याग्दे गाउँपालिका–४ को थर्पु अस्पताल ८९.४१ अंक प्राप्त गरि दोश्रो भएको छ भने शुक्लागन्डकी नपा–४ को खैरेनीटार स्वास्थ्य चौकी ८६.४८ अंक प्राप्त गरि तेश्रो भएको छ । दशौ स्थानसम्म पर्ने स्वास्थ्य चौकीहरुमा क्रमशः घिरिङ गाउँपालिका–५ को सामुङ हटिया स्वास्थ्य चौकी चौथो, भानु नपा–५ को पुरनडिही अस्पताल पाँचौं, ऋषिङ गाउँपालिका–२ को काहुँशिवपुर स्वास्थ्य चौकी छैठौं, म्याग्दे गाउँपालिका–६ को मनपाङ स्वास्थ्य चौकी सातौ, देवघाट गाउँपालिका–५ को देवघाट धर्मार्थ अस्पताल आठौं, ऋषिङ गाउँपालिका–४ को भिरकोट स्वास्थ्य चौकी नवौं र म्याग्दे गाउँपालिका–२ को जामुने स्वास्थ्य चौकी दशौं हुन सफल भएका छन् । ८४ वटा स्वास्थ्य चौकी/कार्यालय र अस्पतालहरुको मुल्याङन गरिएकोमा सबैभन्दा पुछारमा शुक्लागन्डकी नपा–६ को खैरेनीटार स्वास्थ्यकेन्द्र परेको छ । उक्त स्वास्थ्य केन्द्रले १०.६९ अंक प्राप्त गरेको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रथम, द्वित्तिय र तृतिय हुन सफल स्वास्थ्य चौकीका प्रमुखलाई बुधबार दमौलीमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीको अध्यक्षतामा आयोजित वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, प्रदेश अस्पताल दमौलीका प्रमुख डा.परिवर्तन बराल, जिल्ला आयुर्वेद अस्पतालका प्रमुख डा. नारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ